सर्वेन्द्र खनालले छाडे एमाले « Khabarhub

सर्वेन्द्र खनालले छाडे एमाले


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेता तथा नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ एमालेमा समेत नरहेको घोषणा गरेका हुन् ।

उनले भनेका छन्– ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’

उनले राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्‍याउन र राष्ट्रलाई महान् बनाउन सम्पूर्ण प्रयास जारी रहने उल्लेख गरेका छन् । देश र जनताको हितका लागि सधैँ लडिरहने उनले बताएका छन् ।

खनाल २०७९ साल असोज ५ गते एमालेमा प्रवेश गरेका थिए । खनाल एमालेमा प्रवेश गरे पछि उनलाई संघीय संसदको २–२ पटक टिकट दिइएको थियो । काठमाडौं– ६ र तनहुँ बाट टिकट दिए पनि उनी दुवै स्थानमा पराजित भएका थिए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ९ : ४९ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच