रास्वपाको केन्द्रीय समिति बैठक सुरु « Khabarhub

रास्वपाको केन्द्रीय समिति बैठक सुरु


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । शनिबारदेखि स्वयम्भूमा जारी बैठकमा आज पार्टीको महाधिवेशन, मङ्सिर १६ मा भएको उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । 

यस्ता छन् बैठकका एजेण्डा 
१. पहिलो दिनको बैठकमा २०८१ पौष १८ गते दिवङ्गत नेपालकी प्रथम महिला राजदूत श्री विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ ।

२. पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीति सन्दर्भमा  जानकारी गराउँदै पार्टीका गतिविधिका बारेमा अवगत गराएका छन् ।

३. पार्टीको प्रदेश महामन्त्रीहरूको सहभागिता रहेको बैठकमा उनीहरूबाट हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पेस गरिएको छ । बैठकमा उक्त निर्वाचनमा पार्टीका अनुभव सिकाइ र चुनौतीहरूका सम्बन्धमा छलफल भयो।

४. बैठकले पार्टीको सङ्गठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै सङ्गठन निर्माण चरणलाई निर्धारित समयमा पुरा गर्न राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्ने छलफलमा केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग साथै पार्टीको सम्बन्धित निकायहरूले सिफारिस गरेको विज्ञ सदस्यहरु रहेको जिल्ला समिति अन्तर्गतका पार्टीको संरचनाहरूलाई सहयोग तथा सहजीकरण गर्न जिल्ला अनुसारको कार्यदल निर्माण गर्ने छलफल भएको छ ।

कार्यदलले सदस्यता विस्तार साथै पालिका तथा वडा समितिहरू निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरुलाई सहजीकरण गर्ने छ । अभियान माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन गर्ने समेत छलफल भएको छ ।

५. हालै अध्यादेश मार्फत ल्याइएको सहकारी सम्बन्धी विधेयकका सम्बन्धमा समेत छलफल गरिने झाले जानकारी दिए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १० : १३ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल