बाँकेको डुडुवालाई पर्यापर्यटन विकास गरिँदै « Khabarhub

बाँकेको डुडुवालाई पर्यापर्यटन विकास गरिँदै


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको डुडुवा गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि रणनीतिक योजना तयार गरेको छ । गाउँपालिका अन्तर्गत विभिन्न स्थानमा पर्यापर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न योजना बनाइएको छ ।

पालिकामा रहेका विभिन्न मठमन्दिर, मस्जिद, चर्चलगायत, वन क्षेत्र, राप्ती नदी तथा डुडुवा नालालगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उजका अनुसार पर्यटकीय दृष्टिकोणले डुडुवालाई पहिचान गराउन पर्यटनसँग जोडेर विभिन्न परियोजना सञ्चालन गरिएको छ ।

डुडुवामा सबैभन्दा अग्लो एक सय ५१ फिटको शिव प्रतिमा (स्टेचु अप शिवा) बनाउन सुरु गरिएको छ । डुडुवा गाउँपालिका–२ स्थित रामनगर पाझामा शिव प्रतिमा निर्माण गर्नका लागि जग्गामा पहिलो चरणअन्तर्गत बाउण्ड्री (वाल) निर्माण गर्न शिलान्यास गरिएको छ ।

अध्यक्ष चौधरीले डुडुवामा शिव प्रतिमा बनाउने वर्षौँदेखिको योजना बल्ल कार्यान्वयनमा आएको बताए । उनले जग्गाको अभावमा राप्ती नदी पुल नजिक उक्त योजना असफल भएपछि रामनगर पाझामा रहेको एैलानी जमिनलाई प्रयोगमा ल्याएर धार्मिक पर्यटनको विकास गरिएको बताए ।

करिब २७ बिघा जग्गामा बृहत्तर रूपमा पर्यटन क्षेत्रको दीर्घकालीन ‘प्रोजेक्ट’ सञ्चालन गरी कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले बताए । वडा नम्बर २ मा पर्यटनको थुप्रै सम्भावना रहेकाले यो परियोजनाले डुडुवालाई चिनाउने वडाध्यक्ष दुर्गाप्रसाद बर्माले बताए । अध्यक्ष बर्माले भने, ‘यस वडामा धार्मिक हिसाबले मठमन्दिर, मस्जिद, झुलेङ्गे पुल, डुडुवा नाला, बगर क्षेत्र, सीमानाका रहेको छ, यसलाई विस्तारै सौन्दर्यकरण गरिनेछ, यसले पर्यटन क्षेत्रमा टेवा पुग्छ ।’

गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत एक करोड चार लाख ६१ हजार छ सय २१ (भ्याटबाहेक)को लागतमा कोहलपुर–११ स्थित दीपक विल्डर्सले ठेक्का पाएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनियर सुरेन्द्रकुमार बर्माले बताए । उनका अनुसार चालु आर्थिक वर्षको असार मसन्तसम्म ‘बाउण्ड्री वाल’ निर्माणको काम सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ११ : २२ बजे

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर