अस्ट्रेलियाले जित्यो बोर्डर गावस्कर ट्रफी, अन्तिम खेलमा भारत ६ विकेटले पराजित « Khabarhub

अस्ट्रेलियाले जित्यो बोर्डर गावस्कर ट्रफी, अन्तिम खेलमा भारत ६ विकेटले पराजित


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाले जुन महिनामा हुने विश्व टेस्ट च्याम्पियनसिपमा दक्षिण अफ्रिकाको सामना गर्ने पक्का भएको छ ।

दक्षिण अफ्रिका यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । अस्ट्रेलिया पनि भारतसँगको शृङ्खलामा ३–१ को सफलता पाउँदै टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न सफल भएको हो । 

शृङ्खलाको अन्तिम खेलमा कप्तान जसप्रित बुमराहको चोटको फाइदा उठाउँदै अस्ट्रेलियाले  भारतलाई ६ विकेटले हराएको हो  ।

१६२ रनको लक्ष्य ४ विकेटको क्षतिमा पूरा गर्ने क्रममा बेउ वेबसेटरले अविजित ३९ तथा ट्रेभिस हेडले ३४ रनको योगदान गरे । वेब सेटरको यो पहिलो टेस्ट हो । उनले पहिलो पारीमा अस्ट्रेलियाका लागि सबै भन्दा धेरै रन प्रहार गरेका थिए । 

पहिलो पारीमा भारत १८५ रनमा सीमित भएको थियो । अस्ट्रेलिया पनि १८१ रनमा नै समेटिए पछि टेस्ट रोमाञ्चक बनेको थियो । भारत दोस्रो पारीमा १५७ रनमा रोकिएको हो ।

अस्ट्रेलियाले पनि ३९ रनमा चौथो विकेट गुमाए पछि भारतको विजयी हुने सम्भावना देखिएको थियो । प्रसिद्ध कृष्णले सुरुवाती ३ विकेट लिएका थिए । उनले पहिलो पारीमा पनि ३ विकेट लिएका थिए । 

अस्ट्रेलियाको विकेट जाने क्रमलाई रोक्दै वेब सेटर र हेडले जित दिलाए पछि भारतले गावस्कर बोर्डर ट्रफी पनि गुमाएको छ । यस टेस्टमा जोस हेजलउडको स्थानमा टोलीमा मौका पाएका स्कटबोल्यान्डले २ पारीमा गरी कुल १० विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए । 

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ११ : ५७ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,