काठमाडौं– गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) आज आइतबारबाट खुल्ला भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दारले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर आइपीओ मार्फत सार्वसाधरणलाई खुल्ला गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता शेयर आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो ।
जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।
बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयर भने सर्वसाधारणलाई आइपीओ मार्फत पुष २१ गतेबाट बिक्री खुल्ला भएको छ । उक्त आइपीओमा पुष २४ गतेसम्म आवेदन दिन सकिन कम्पनीले जनाएको छ ।
प्रतिक्रिया