स्टार्टअप कर्जाको लागि १३१४ वटा परियोजना सर्टलिस्टमा छनौट « Khabarhub

स्टार्टअप कर्जाको लागि १३१४ वटा परियोजना सर्टलिस्टमा छनौट


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्टार्टअप कर्जाको लागि आवेदन गरेकामध्ये १३१४ वटा परियोजना सर्टलिस्टमा छनौट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यमका लागि कर्जाको लागि परेका प्रस्तावमध्ये १३१४ वटा परियोजनालाई छनौट गरेको हो ।

पुस १९ वटा सूचना जारी गर्दै प्रतिष्ठानले सर्टलिस्टमा परेका परियोजनाका सञ्चालकहरूलाई प्रस्तुतीकरणका लागि बोलाएको छ । साथै, तोकिएको ढाँचामा प्रस्तुतीकरण दिनुपर्ने भन्दै प्रतिष्ठानले त्यसका लागि आवश्यक जानकारी पनि सूचनामार्फत उपलब्ध गराएको छ । 

प्रतिष्ठानले स्टार्टअप सहुलियतपूर्ण कर्जाका लागि आवेदन गरेका ५ हजार बढी आवेदक मध्येबाट कृषि, उद्योग, व्यापार, प्रविधि, प्रशिक्षण केन्द्र लगायतका परियोजनाहरूलाई छनौट गरेको देखिएको छ । 

आवेदन गरेकामध्ये कार्यविधिअनुसार योग्यतामा नपरेका, नवीन प्रविधि एवम् सोचको प्रयोग नदेखिएको, दर्ता नभएका लगायतका कारणले धेरै आवेदक सर्ट लिस्टमा नपरेको प्रतिष्ठानले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १२ : २२ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट