स्टार्टअप कर्जाको लागि १३१४ वटा परियोजना सर्टलिस्टमा छनौट | Khabarhub Khabarhub

स्टार्टअप कर्जाको लागि १३१४ वटा परियोजना सर्टलिस्टमा छनौट


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्टार्टअप कर्जाको लागि आवेदन गरेकामध्ये १३१४ वटा परियोजना सर्टलिस्टमा छनौट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यमका लागि कर्जाको लागि परेका प्रस्तावमध्ये १३१४ वटा परियोजनालाई छनौट गरेको हो ।

पुस १९ वटा सूचना जारी गर्दै प्रतिष्ठानले सर्टलिस्टमा परेका परियोजनाका सञ्चालकहरूलाई प्रस्तुतीकरणका लागि बोलाएको छ । साथै, तोकिएको ढाँचामा प्रस्तुतीकरण दिनुपर्ने भन्दै प्रतिष्ठानले त्यसका लागि आवश्यक जानकारी पनि सूचनामार्फत उपलब्ध गराएको छ । 

प्रतिष्ठानले स्टार्टअप सहुलियतपूर्ण कर्जाका लागि आवेदन गरेका ५ हजार बढी आवेदक मध्येबाट कृषि, उद्योग, व्यापार, प्रविधि, प्रशिक्षण केन्द्र लगायतका परियोजनाहरूलाई छनौट गरेको देखिएको छ । 

आवेदन गरेकामध्ये कार्यविधिअनुसार योग्यतामा नपरेका, नवीन प्रविधि एवम् सोचको प्रयोग नदेखिएको, दर्ता नभएका लगायतका कारणले धेरै आवेदक सर्ट लिस्टमा नपरेको प्रतिष्ठानले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १२ : २२ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’