एमाले केन्द्रीय कमिटी बैठक, ओलीको प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले बोल्न पाउने « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक, ओलीको प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले बोल्न पाउने


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं केन्द्रीय समिति बैठक ललितपुरको च्यासलस्थित कार्यालयमा सुरु भएको छ ।

१० महिनापछि बस्न लागेको यो बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन्।

एमाले केन्द्रीय कमिटी बैठक २०८० फागुनमा बसेयता बस्न सकेको थिएन । २०८१ असार ३० गते ओली प्रधानमन्त्री बनेयता यो पहिलो केन्द्रीय कमिटी बैठक हो ।

ओलीले सरकार बनेयताको अवधि र नेपाली कांग्रेससँगको सत्ता सहकार्यबारे पनि समीक्षात्मक प्रतिवेदन पेश गर्दै छन् ।

ओलीको प्रतिवेदनमाथि यस पटक हरेक केन्द्रीय सदस्यहरूलाई बेग्लाबेग्लै बोल्न दिइने भएको छ । बैठकका सहभागी हरेक सदस्यले ३ मिनेट बोल्न पाउने भएका छन् ।

ओलीको प्रतिवेदनमा गठबन्धन सरकार, सरकार बनेयताको ६ महिने उपलब्धि र आगामी दिनका कामबारे उल्लेख गरिएको प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमले बताए ।

ओलीको राजनीतिक प्रतिवेदनमा पार्टीको संगठनात्मक जीवनलाई बलियो बनाउन सञ्चालन गरिने तीन महिने अभियानबारे पनि उल्लेख गरिएको उनले बताए ।

‘पार्टीका अध्यक्षले समसामयिक राजनीतिको सन्दर्भमा, बहुआयमिक पक्षबारे प्रतिवेदन पेश गर्दै हुनु हुन्छ । विकसित राजनीतिक घटनाक्रम, सरकार गठन, सरकारका काम र भावी योजना, पार्टीको संगठनात्मक अवस्था, संगठन विभागको राष्ट्रिय कार्यशालाकाबा निष्कर्ष र तीन महिने संगठन अभियानमा केन्द्रित भएर राजनीतिक प्रतिवेदन प्रस्तुत हुने छ,’ गौतमले भनेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १२ : २२ बजे

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता