अग्नि सापकोटा भन्छन्- अब माओवादी क्रमभंग गरेर नयाँ दिशातिर जान्छ « Khabarhub

अग्नि सापकोटा भन्छन्- अब माओवादी क्रमभंग गरेर नयाँ दिशातिर जान्छ

यस्ता छन् केन्द्रीय समिति बैठकका एजेन्डा र कार्यतालिका


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकमा एजेन्डा तय गरेको छ।

तीन दिनसम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले एजेन्डा तय गरेको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।

आइतबारदेखि नै सुरु हुने केन्द्रीय समिति बैठकको अध्यक्षले पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् ।

‘अध्यक्षले बैठकको उद्घाटनपछि अहिलेको समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यतालिका छ’, सापकोटाले भने, ‘त्यसपछि सबै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् । त्यससलगत्तै बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन पेश हुने छ ।’

सापकोटाका अनुसार तीन दिनसम्म बसेको स्थायी समिति बैठकमा संगठनात्मक सिद्धान्तबारे लामो छलफल भएको थियो ।

‘हामी अहिले मालेमावादकै सिद्धानलाई हामीले अपनाएर जान्छौँ । नयाँ पुस्तामा नयाँ प्रवृत्तिको विकास भएको निष्कर्ष निकालेका छौँ । अब युवाहरूलाई प्रशिक्षित गर्ने काम हुन्छ’, उनले भने, ‘नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्ने गरी अब केन्द्रीय समितिमा छलफल हुन्छ ।’

सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आएको माओवादीलाई अब नयाँ राजनीतिक कार्यदिशासहित अघि बढाउनेबारे कुरा भएको सापकोटाले बताए ।

‘नयाँ राजनीतिक कार्यदिशासहित अहिलेको यथास्थितिबाट सिफ्ट हुने गरी माओवादी जान्छ । क्रमभंग गरेर नयाँ दिशातिर जाने गरी कुरा भएको छ’, उनले भने, ‘संगठनात्मक सिद्धान्तबारे छलफल भएको छ । केन्द्रीय समिति बैठकलाई व्यवस्थित बनाएर सञ्चालन गर्ने गरी छलफल गरेका छौँ ।’

युवाहरुलाई प्रशिक्षित गर्ने, संगठित गर्नेदेखि लिएर विज्ञान र प्रविधिलाई विचार गर्दै नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्नुपर्ने कुरा स्थायी समितिका सबै सदस्यले उठाएको उनले बताए । नयाँ विचारको विकास, परिमार्जन र नयाँ राजनीतिक कार्यदिशासहित अहिलेको यथास्थितिलाई क्रमभंग गरेर नयाँ दिशातिर जाने भन्ने निष्कर्ष स्थायी समितिले निकालेको उनले बताएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १२ : ५१ बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा