‘पेज टर्नर’ले एकसाथ ल्यायो चार कृति « Khabarhub

‘पेज टर्नर’ले एकसाथ ल्यायो चार कृति


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेज टर्नर प्रकाशनले अंग्रेजी नयाँ संवतको अवसर पारेर चार वटा कृति प्रकाशनमा ल्याएको छ ।

प्रकाशित कृतिहरुमा गोविन्दराज भट्टराईको उपन्यास ‘नयाँ मुगलान’, जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’, प्रतीक ढकालको नियात्रा ‘गण्डकीको मुहानतिर’को दोस्रो संस्करण तथा सर्जक ढकालकै छन्दोबद्ध बालकाव्य ‘हाम्रै राम्रा हिमाल’ छन् । 

२०३१ सालमा बजारमा आएको भट्टराईको उपन्यास ‘मुगलान’ प्रकाशनको आधा शताब्दीपछि ‘नयाँ मुगलान’ प्रकाशित भएको छ । 

विगत पाँच दशकमा नेपालीहरूको मुगलाने प्रवृत्ति कायमै रहेको, तर मुगलान भने फेरिएर विश्वभरि फैलिएको सन्दर्भमा रित्तिँदै र एक्लिँदै गएको नेपाली गाउँघरको दुःख यस उपन्यासले समेटेको छ ।

जयराम तिमल्सिनाको पहिलो उपन्यास ‘धीमहि’ ले आन्तरिक र बाह्य द्वन्द्वको कुचत्रमा फसेका पात्रहरूले मुक्तिका लागि अख्तियार गरेका अल्पकालीन र दीर्घकालीन मार्गहरूको तुलनात्मक प्रस्तुति समेटेको छ ।

ढकालको ‘गण्डकीको मुहानतिर’ भने पहिलोपल्ट २०६८ सालमा छापिएको नियात्राकृति हो । कृतिमा मनास्लु यात्राको रोमाञ्चकारी चित्रण समेटिएको । 

उनको ‘हाम्रै राम्रा हिमाल’ भने बाल पाठकलाई लक्षित गरेर तयार पारिएको रङ्गीन, चित्रात्मक हिमाल–परिचय पुस्तक हो । यसमा ढकालले ८० वटा हिमालको परिचय बाल सुलभ र लयात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : १८ बजे

रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

चितवन– जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि रक्तदाताको सङ्ख्या

यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

मध्यविन्दु – यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु

अरनिकोले चीनमा कमाएको साख: चिनियाँले नपाएको सुविधा नेपालीलाई

चीनको राजधानी बेइजिङ आज विज्ञान, प्रविधि र आधुनिक विकासको विश्व–केन्द्रका

आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न

पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले पहाडी