‘पूर्णबहादुरको सारङ्गी’का निर्देशकले ‘कोशेढुङ्गा’ बनाउने « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’का निर्देशकले ‘कोशेढुङ्गा’ बनाउने


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बक्स अफिसमा कीर्तिमानी ब्लकबस्टर साबित भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले ’कोसेढुङ्गा’ निर्देशन गर्ने भएका छन् । ‘पूर्णबहादुरको सारङ्गी’पछि उनको यो पहिलो फिल्म हो ।

निर्माण पक्षले आइतबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण गर्ने र पौडेलले निर्देशन गर्ने जानकारी दिएको हो ।

थिम पोस्टरमा पृष्ठभूमी घुरमैलो पहाडी गाउँको बहिनी देख्न सकिन्छ । पोस्टरको दायाँपट्टीको भागमा रातो चोलो र पहेँलो सारी लगाएकी एक महिलालाई देख्न सकिन्छ ।

पोस्टरले ग्रामिण भेगको कथामा फिल्म बन्ने संकेत गर्छ । तर, निर्माण पक्षले कथा र कलाकारबारे खुलाएको छैन ।

निर्देशक पौडेल भन्छन्, ‘फिल्म कस्तो हुने, कथा के हो, कलाकार को-को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ । हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी यो फिल्मले पनि दर्शकको मन जित्ने प्रयासमा छौँ ।’

वि.सं. २०८२ सालमै फिल्म प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्ष रहेको बुझिएको छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको यस फिल्मका निर्माता प्रेविल कँडेल र हरि महत रहनेछन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ७ : ४४ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु