गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि खुलायो भारतले « Khabarhub

गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि खुलायो भारतले


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिणी छिमेकी भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि हटाएको छ ।

यससँगै भारतले नेपालका लागि दुई लाख टन गहुँ निर्यात अनुमति पनि दिएको छ । विश्वका प्रमुख गहुँ निर्यातक रूस र युक्रेनबीच युद्ध भएपछि संसारभर गहुँको मूल्य आकाशिएको थियो ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत् नेपाललाई गहुँ दिन सहमति जनाएको जानकारी दिएका छन्।

‘भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि फुकुवा गरेको छ । नेपाल सरकार को अनुरोधमा भारतले दुई लाख टन गहुँ निर्यात अनुमति दिएको हो,’ शर्माले एक्समा लेखेका छन् ।

भारत सरकारले सन् २०२२ देखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । गहुँ र आटाको मूल्यवृद्धि रोक्न र खाद्य सुरक्षा बलियो बनाउन भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएएको थियो।

प्रतिबन्धबीच यसपहिले पनि भारतले नेपाललाई कोटासहित गहुँ खुलाइदिएको थियो । भारतले यसअघि सन् २०२३ मार्चसम्म ५० हजार टन गहुँ नेपाल पठाउने अनुमति दिएको थियो।

नेपालको उत्पादनले मात्रै बजारमा गहुँको माग नधानेपछि आयात गर्नुपर्छ । नेपालमा २१ लाख टन गहुँ उत्पादन भइरहेको तथ्यांक कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : ५९ बजे

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।