नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाई « Khabarhub

नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाई


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी काङ्ग्रेसमा निर्वाचित सभामुख माइक जो नसनलाई बधाई दिएका छन् । जोनसोनको नेतृत्वले अमेरिकी संसद्को गरिमालाई थप उचाइमा पुर्‍याउने उनले बताएका छन् । 

‘माइक संसद्मा एक विशेष सभामुखको भूमिका निभाउन सक्षम हुनुहुनेछ र हाम्रो देश लाभार्थी हुनेछ । अमेरिकी जनताले विवेक, क्षमता  र नेतृत्वका लागि चार वर्ष पर्खेका छन्’, ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिका पहिलेभन्दा महान् हुनेछ!’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्त्वपूर्ण समर्थनमा रिपब्लिकन पार्टीका माइक जोनसनलाई अमेरिकी प्रतिनिधि सभाको सभामुखमा फर्काइएको हो ।

जोनसनले डेमोक्र्याटिक समूहसँग कानून पारित गर्न सहयोग गरेपछि तत्कालिन ‘ब्याकबेन्चर’ हरू उनीसँग खुशी थिएनन् ।

रिपब्लिकन पार्टीबाट प्रतिनिधि रहेका एक दर्जनभन्दा बढी सदस्यले जोनसनको नेतृत्वमाथि शङ्का व्यक्त गरेपछि उनको जीत सुनिश्चित गर्न अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन नेता ट्रम्पले नै आफ्नो दलका सांसदहरूलाई विश्वास दिलाउनुपरेको थियो ।

अमेरिकी संसद्को ‘मिडिया आउटलेट’ पञ्चबोल न्यूजका अनुसार ट्रम्पले व्यक्तिगत रूपमा जोनसनको विरोधमा राय राख्ने दुई सांसदसँग फोनमा कुरा गरेपछि जोनसनले सभामुखपदको आफ्नो महत्वाकाङ्क्षालाई जीवित राख्न सफल भएका हुन्  । 

सन् २०२३/०२५ को सत्रमा विशेषगरी लुइजियानाका सांसदले खर्चवार्ताको व्यवस्थापनलाई लिएर जोनसनविरूद्ध आक्रोश व्यक्त गरेका थिए।

अन्तमा मतदान सुरु हुँदा केवल तीन रिपब्लिकनकबाहेक अन्य सबैले जोनसनको पक्षमा मतदान गरेका थिए भने डेमोक्र्याटतर्फ सबै २१५ सदस्यले आफ्ना नेता हकीम जेफ्रीजलाई समर्थन गरेका थिए ।

‘चार वर्षको उच्च मुद्रास्फीतिपछि, हामीसँग ठूलो एजेन्डा छ। हामीले धेरै काम गर्न बाँकी छ र यसलाई द्विदलीय सहकार्यमा अघि बढाउन सक्छौँ,’ सभामुखमा निर्वाचित बनेपछि जोनसनले भने, ‘हामी उच्च मुद्रास्फीतिसँग लड्न सक्छौँ र यो हामीले गर्नै पर्छ । हामीले अमेरिकीहरूलाई राहत दिनेछौँ भने ट्रम्पको कर कटौतीसम्बन्धी नीतिलाई विस्तार गर्नेछौँ हामी सरकारको आकार र दायरामा भारी कटौती गर्न जाँदैछौँ, हामी जनतामा शक्ति फिर्ता गर्न जाँदैछौँ।’

केन्टुकी कन्जरभेटिभ कट्टरपन्थी थोमस मासीको अपवादबाहेक जोनसनको विरोध सधैँ नरम देखिन्थ्यो । उनले हप्ताको अधिकांश समय फोन गरी उम्मेदवारीको विरोध गर्ने ‘कन्जरभेटिभ’हरूसँग बैठक आयोजना गरेको बताइएको छ । 

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  २ : १४ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत