‘बलिदान’को छायाङ्कन गर्न सन्तोष सेनले बनाए कालीमाताको ४२ फिट अग्लो मूर्ति « Khabarhub

‘बलिदान’को छायाङ्कन गर्न सन्तोष सेनले बनाए कालीमाताको ४२ फिट अग्लो मूर्ति


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन्तोष सेनको निर्देशन रहने फिल्म ‘बलिदान’को छायाङ्कनका लागि कालीमाताको ४२ फिट अग्लो मूर्ति निर्माण गरिएको छ ।

निर्देशक सेनका अनुसार नेपालमा खोजी गर्दा छायाङ्कनका लागि उपयुक्त मूर्ति नभेटिएपिछ निर्माण गरिएको हो । यो मूर्ति भारतको कोलकत्तामा कर्मथलो भएका नेपाली मूर्तिकारले स्वदेशमै तयार गरेका हुन् ।

‘फिल्मका लागि हामीलाई एउटा विशाल कालीमाताको मूर्ति चाहिएको थियो । देशभर खोजी गर्दा पनि हामीले आफ्नो चाहनाअनुसारको मूर्ति पाएनौँ । अन्ततः, हामी भारतको कलकत्ता पुग्यौँ । त्यहाँका कालिगडहरूसँग मिलेर ४२ फिट अग्लो काली माताको मूर्ति निर्माण गरेका हौँ,’ सेनले बताए ।

फिल्म छायाङ्कनका लागि यो मूर्ति मोरङको सिमसारस्थित बूढासुब्बा मैदानमा राखिएको छ । पछिल्लो समय यो मैदान ‘काली चौर’ नामले समेत परिचित छ ।

यससँगै यो फिल्मको छायाङ्कन अन्तिम चरणमा पुगेको छ । केही एक्सन दृश्य मात्रै खिचेपछि सम्पूर्ण छायाङ्कन पूरा हुने सेन बताउँछन् ।

उनी थप्छन्, ‘एक्सनलाई स्तरीय बनाउन भारतीय प्राविधक ल्याएर छायाङ्कन भइरहेको छ ।’

छायाङ्कन सकिएपछि टिजरसहित चलचित्रको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा सेन रहेका छन् ।

‘बलिदान’को कथा अन्याय र समाजका तथाकथित नाइकेहरु विरुद्धको सङ्घर्षमा आधारित रहेको निर्माण पक्षले बताएको छ । ‘आसुसेन फिल्म्स प्राली.’ को प्रस्तुति रहेको यस फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र सहनिर्माता प्रेम पुरी हुन् ।

फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ४ : २२ बजे

रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता

एजेन्सी– रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट 

काठमाडौं– नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८

जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन