‘बलिदान’को छायाङ्कन गर्न सन्तोष सेनले बनाए कालीमाताको ४२ फिट अग्लो मूर्ति « Khabarhub

‘बलिदान’को छायाङ्कन गर्न सन्तोष सेनले बनाए कालीमाताको ४२ फिट अग्लो मूर्ति


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन्तोष सेनको निर्देशन रहने फिल्म ‘बलिदान’को छायाङ्कनका लागि कालीमाताको ४२ फिट अग्लो मूर्ति निर्माण गरिएको छ ।

निर्देशक सेनका अनुसार नेपालमा खोजी गर्दा छायाङ्कनका लागि उपयुक्त मूर्ति नभेटिएपिछ निर्माण गरिएको हो । यो मूर्ति भारतको कोलकत्तामा कर्मथलो भएका नेपाली मूर्तिकारले स्वदेशमै तयार गरेका हुन् ।

‘फिल्मका लागि हामीलाई एउटा विशाल कालीमाताको मूर्ति चाहिएको थियो । देशभर खोजी गर्दा पनि हामीले आफ्नो चाहनाअनुसारको मूर्ति पाएनौँ । अन्ततः, हामी भारतको कलकत्ता पुग्यौँ । त्यहाँका कालिगडहरूसँग मिलेर ४२ फिट अग्लो काली माताको मूर्ति निर्माण गरेका हौँ,’ सेनले बताए ।

फिल्म छायाङ्कनका लागि यो मूर्ति मोरङको सिमसारस्थित बूढासुब्बा मैदानमा राखिएको छ । पछिल्लो समय यो मैदान ‘काली चौर’ नामले समेत परिचित छ ।

यससँगै यो फिल्मको छायाङ्कन अन्तिम चरणमा पुगेको छ । केही एक्सन दृश्य मात्रै खिचेपछि सम्पूर्ण छायाङ्कन पूरा हुने सेन बताउँछन् ।

उनी थप्छन्, ‘एक्सनलाई स्तरीय बनाउन भारतीय प्राविधक ल्याएर छायाङ्कन भइरहेको छ ।’

छायाङ्कन सकिएपछि टिजरसहित चलचित्रको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा सेन रहेका छन् ।

‘बलिदान’को कथा अन्याय र समाजका तथाकथित नाइकेहरु विरुद्धको सङ्घर्षमा आधारित रहेको निर्माण पक्षले बताएको छ । ‘आसुसेन फिल्म्स प्राली.’ को प्रस्तुति रहेको यस फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र सहनिर्माता प्रेम पुरी हुन् ।

फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ४ : २२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्