सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय  « Khabarhub

सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय 


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने निर्णय लागू गरेको छ । 

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आजदेखि सबै सरकारी अस्पतालमा निःशुल्क रगत सेवाको सुरुवात गरेका हुन् । मुख्यमन्त्री शाह र सामाजिक विकासमन्त्री मेघराज खड्काले सेती प्रादेशिक अस्पतालमा उपचारत निर्मल चौधरीका आफन्त रोशन चौधरीलाई निःशुल्क रगत हस्तान्तरण गर्दै उक्त सेवाको सुरुवात गरिएको हो ।

मुख्यमन्त्री पदको पदभार ग्रहण गर्दै प्रदेशभर निःशुल्क रगत व्यवस्था गर्ने निर्णय गरिएको र सोही निर्णयको कार्यान्वयन गर्दै  प्रदेशभरका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा सुरू गरिएको मुख्यमन्त्री शाहले बताए ।

प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग निःशुल्क रगतका लागि आइतबार नै सम्झौता भएको छ । अब निःशुल्क रगत पाउँदा बिरामी लाभान्वित हुने सामाजिक विकास मन्त्री मेघराज खड्काले बताए।

रक्तदाताका ब्रान्ड एम्बेस्डरका रूपमा पत्रकार दीपकप्रसाद  उपाध्यायलाई प्रदेश सरकारले स्वास्थ्य दूतमा समेत नियुक्त गरेको छ । मुख्यमन्त्री शाहले उपाध्यायलाई कदरपत्र प्रदान गर्दै स्वास्थ्य दूत नियुक्त भएकोमा शुभकामना दिएका थिए । उपाध्यायले १०७ पटकसम्म रक्तदान गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  २ : ५० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र