सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय  | Khabarhub Khabarhub

सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय 


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने निर्णय लागू गरेको छ । 

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आजदेखि सबै सरकारी अस्पतालमा निःशुल्क रगत सेवाको सुरुवात गरेका हुन् । मुख्यमन्त्री शाह र सामाजिक विकासमन्त्री मेघराज खड्काले सेती प्रादेशिक अस्पतालमा उपचारत निर्मल चौधरीका आफन्त रोशन चौधरीलाई निःशुल्क रगत हस्तान्तरण गर्दै उक्त सेवाको सुरुवात गरिएको हो ।

मुख्यमन्त्री पदको पदभार ग्रहण गर्दै प्रदेशभर निःशुल्क रगत व्यवस्था गर्ने निर्णय गरिएको र सोही निर्णयको कार्यान्वयन गर्दै  प्रदेशभरका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा सुरू गरिएको मुख्यमन्त्री शाहले बताए ।

प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग निःशुल्क रगतका लागि आइतबार नै सम्झौता भएको छ । अब निःशुल्क रगत पाउँदा बिरामी लाभान्वित हुने सामाजिक विकास मन्त्री मेघराज खड्काले बताए।

रक्तदाताका ब्रान्ड एम्बेस्डरका रूपमा पत्रकार दीपकप्रसाद  उपाध्यायलाई प्रदेश सरकारले स्वास्थ्य दूतमा समेत नियुक्त गरेको छ । मुख्यमन्त्री शाहले उपाध्यायलाई कदरपत्र प्रदान गर्दै स्वास्थ्य दूत नियुक्त भएकोमा शुभकामना दिएका थिए । उपाध्यायले १०७ पटकसम्म रक्तदान गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  २ : ५० बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा