ओलीको निष्कर्ष : पूर्व राजावादीसँग प्रचण्डको उठबस, कोशीमा ‘उग्र जातिवादी’ उचाले « Khabarhub

ओलीको निष्कर्ष : पूर्व राजावादीसँग प्रचण्डको उठबस, कोशीमा ‘उग्र जातिवादी’ उचाले


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि दुई गम्भीर आरोप लगाएका छन् ।

आइतबारदेखि जारी केन्द्रीय कमिटीको आठौं बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्ड र पूर्वराजावादीबीच उठबस चलिरहेको आरोप लगाएका हुन् ।

प्रतिवेदनमा ओलीले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरूसँग बाक्लो उठबस गरिरहेको उल्लेख गरेका छन् ।

‘ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याउन उद्दत देखिएको छ’, उनले भनेका छन्, ‘पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको छ ।’

‘सरकारमा रहँदा आफैले कार्बाही गरेका व्यक्तिहरू र समूहको खुल्ला समर्थनमा उत्रिएको छ’, उनले भनेका छन्, ‘प्रधानमन्त्रीको चीन भ्रमण र हिजो आफ्नै कार्यकालमा भएको सम्झौतालाई समेत विवादित बनाउन उद्दत देखिए । यी घटनाक्रम माओवादीमा गहिरिँदै गरेको वैचारिक विचलन, राजनीतिक अस्थिरता, अवसरवाद र सरकारबाट बाहिरिनु परेका पीडाका अभिव्यक्ति हुन् ।’

सरकारमा रहँदा देश आर्थिक रुपमा अघि बढिसकेको बताएका प्रचण्डले हट्नेबित्तिकै नेपाल बंगलादेश बन्न लागेको भनेर अभिव्यक्ति दिएको ओलीले बताएका छन् ।

‘असार ३० साँझसम्म ‘देश समृद्ध बन्दै गरेको’, ‘अर्थतन्त्र लयमा फर्किएको’ र ‘निराशाको मात्रै कुरा गर्न नहुने’ भाषण गरिरहेका ‘प्रचण्ड’बाट सरकारबाट हटेको दुई साता नबित्दै संसदको रोष्ट्रमबाट नेपाल ‘बंलादेश’ जस्तै बन्ने अभिव्यक्ति आयो’, ओलीले प्रतिवेदनमा भनेका छन्, ‘यो अत्यन्त गैरजिम्मेवार, गैर-कूटनीतिक र अशोभनीय टिप्पणी मात्रै थिएन, राजनीतिक अवसरवादको भद्दा नमूना पनि थियो।’

माओवादीले आफ्नै प्रदेशसभा सदस्यहरूको सहभागितामा नामाकरण गरिएको ‘कोशी’विरुद्ध उग्र जातीय समूहहरूसँग मोर्चाबन्दी गरिरहको पनि ओलीले बताएका छन् ।

‘आज माओवादी केन्द्र आफ्नै प्रदेशसभा सदस्यहरूको सहभागितामा नामाकरण गरिएको ‘कोशी’विरुद्ध उग्र जातीयतावादी समूहहरूसँग मोर्चाबन्दी गरिरहेको छ’, ओलीको प्रतिवेदनमा उल्लेख छ, ‘ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुयाउन उद्दत देखिएको छ ।’

ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्ति आतंकित भएको बताएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  २ : ५२ बजे

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

एजेन्सी– न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र

बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती सरकारमा सहभागी भएका आफ्नो

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा