अशोक दर्जीको डेब्यू फिल्मका को-को छन् कलाकार ? « Khabarhub

अशोक दर्जीको डेब्यू फिल्मका को-को छन् कलाकार ?


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाल गायक अशोक दर्जीले फिल्ममा डेब्यू गर्ने भएका छन् । फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’मा ओशक मुख्य भूमिकामा देखिने भएका हुन् ।

यस फिल्मको नाम अशोक र गायक तथा संगीतकार टंक बूढाथोकीको स्वर रहेको चर्चित गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बाटै लिइएको हो । यो नै अशोकको पहिलो गीत हो ।

फिल्मको कथा, निर्माण र निर्देशन टंक बूढाथोकीकै रहने छ । फिल्मको मुख्य भूमिकामा नायिका नीता ढुङ्गाना अनुबन्ध भएकी छन् ।

फिल्ममा अशोक र नीतासहित सरोज खनाल, बुद्धि तामाङ, रवीन्द्र झा, रमेश विश्वकर्मा, शंकर श्रेष्ठलगायतको अभिनय रहने बताइएको छ ।

टंकका अनुसार अझै केही कलाकार अनुबन्ध गर्न बाँकी रहेको छ । छिटै छायाङ्कनमा निस्कने तयारीमा उनी छन् ।

यस फिल्मको पटकथा र संवाद भने शिवम् अधिकारीले लेखेका हुन् ।

झापाका अशोक आफ्नो गायन क्षमताले सामाजिक भाइरल भएका बाल गायक हुन् । भाइरल भएपछि अशोकलाई टंकले काठमाडौं ल्याएर गीत रकेर्ड गराएका थिए । अशोक अहिले ८ मा पढ्छन् । उनी टंककै संरक्षणमा छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ४ : २० बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले