सहकारी प्रकरणमा रास्वपालाई ओलीको जवाफ- सडकमा उफ्रिँदैमा अदालतले उन्मुक्ति दिँदैन « Khabarhub

सहकारी प्रकरणमा रास्वपालाई ओलीको जवाफ- सडकमा उफ्रिँदैमा अदालतले उन्मुक्ति दिँदैन


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा कसैसँग प्रतिशोधन नसाँधिएको बताएका छन् ।

आइतबारदेखि सुरु केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भनेर गरिएको प्रचारको खण्डन गरेका हुन् ।

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा कसैसँग प्रतिशोधन नसाँधिएको बताएका छन् ।

‘नागरिकहरूको बचत हिनामिना गर्ने कसैलाई पनि छुट दिनु हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौं। जोसुकै होस्, दोषीले उन्मुक्ति पाउनु हुँदैन। कतिपय पार्टी या व्यक्तिहरूले चालु अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्ने एवं आफूहरूप्रतिको पूर्वाग्रह या प्रतिशोध करार गर्ने कोशिस गरिरहेका छन्’, उनले प्रतिवेदनमा भनेका छन्, ‘तर यस प्रक्रियामा सत्तारुढ पार्टीहरू सम्बद्ध कतिपय व्यक्तिसमेत अनुसन्धानमा तानिएको, थुनामा परेको या मुद्दा खेपिरहेका घटनाक्रमले त्यस्तो आरोपलाई मिथ्या प्रमाणित गरिसकेको छ।’

ओलीले गल्ती नगरेको भए न्यायिक प्रक्रियाबाट कोही पनि डराउन नहुने पनि बताएका छन् । ‘आफूले गल्ती गरिएको छैन भने कोही पनि न्यायिक प्रक्रियाबाट तर्सिनु पर्दैन’, उनले भनेका छन्, ‘गल्ती गरेको भए सडक अदालतले उन्मुक्ति दिन सक्दैन भन्ने कुरा सबैले बुझ्नु पर्छ ।’

सहकारी बेथितिमा चार उपाय

सहकारी बेथितिका विषयमा चार हिसाबले काम गरिनु पर्ने मत ओ‌लीले राखेका छन् । ‘अनियमिततामा संलग्नहरूलाई बिनामोलाहिजा कारबाही गर्ने, बचतकर्ताको रकम फिर्ता गराउने, सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्न अधिकारसम्पन्न प्राधीकरण गठन गर्ने र भविष्यमा बचतकर्ताको रकम संरक्षणका लागि संरक्षण कोष निर्माण गर्ने’, ओलीले सम्भावित ठगी रोक्ने उपायसहित भनेका छन् ।

नागरिकहरूले गाँस काटेर जम्मा गरेको, कतिपय कर्मचारीले आफ्नो जीवनभरको कमाइसमेत राखेको बचत हिनामिना गर्ने र संसदीय छानबिन समितिले किटान गरेका विभिन्न ५ सय भन्दा बढी व्यक्तिहरू थुनामा रहेका उनले बताएका छन् । ‌ओलीका अनुसार हजारभन्दा बढीविरुद्ध मुद्दा चलेको छ।

उनका अनुसार हालसम्म सरकारले समस्याग्रस्त घोषणा गरेका २२ वटा सहकारीहरू (६९ हजार बचतकर्तामध्येबाट ३ वटा सहकारीका ६ हजार जति बचतकर्ताहरूको पूर्ण (करिब १ अर्ब ५५ करोड रुपैयाँ) फिर्ता गरी हिसाबकिताब राफसाफ गरिएको छ । अन्य सहकारीका करिब ८ हजार बचतकर्ताहरूको ७० प्रतिशत र २ हजार जतिको ५० प्रतिशत बचत फिर्ता भएको उनले बताएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : २४ बजे

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम