विश्व भूराजनीतिबारे एमाले- अमेरिकाको उत्तेजक भूमिकाले ताइवानमा तनाव बढ्यो « Khabarhub

विश्व भूराजनीतिबारे एमाले- अमेरिकाको उत्तेजक भूमिकाले ताइवानमा तनाव बढ्यो


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) ले विगतमा आफैँदे स्वीकारेको एक चीन नीति मान्यताविपरीत ताइवानबारे अमेरिकाले दोहोरो र उत्तेजनात्मक भूमिका खेलेको आरोप लगाएको छ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको उत्तेजक भूमिकाकै कारण अहिले ताइवानमा तनाव बढिरहेको आइतबार सुरु केन्द्रीय कमिटिको आठौं बैठकमा पेश गरिएको प्रतिवेदनमा भनिएको छ।

‘विगतमा आफैंले स्वीकारेको एक चीन नीतिको मान्यताविपरीत ताइवानबारे अमेरिकाको दोहोरो र उत्तेजक भूमिकाले त्यस क्षेत्रमा तनाव बढाइरहेको छ’, ओलीले भनेका छन्, ‘एसिया प्रशान्त क्षेत्रमा तनाव बढाउने, सैन्य शक्ति केन्द्रीकृत र ध्रुवीकरण गर्ने कुनै पनि कदम विश्व शान्ति र क्षेत्रिय स्थायित्वका लागि हानीकारक हुन् । त्यस्ता क्रियाकलाप तत्काल बन्द गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ ।’

ओलीले प्रतिवेदनमा म्यान्मारमा लोकतन्त्र तत्काल बहालीको पक्षमा एमालेलाई उभ्याएका छन् । ‘जननिर्वाचित संसद्लाई भंग गर्ने, जननिर्वाचित प्रतिनिधिहरूलाई बन्दी बनाउने र शान्तिपूर्ण प्रदर्शनमाथि हिंसात्मक दमन गर्ने काम कुनै पनि अर्थमा स्वीकार्य हुँदैन ।’

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : ३१ बजे

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने