देशका चार सहरमा वायु प्रदूषणको तह उच्च, धनगढी सबैभन्दा धेरै प्रदूषित | Khabarhub Khabarhub

देशका चार सहरमा वायु प्रदूषणको तह उच्च, धनगढी सबैभन्दा धेरै प्रदूषित


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंसहित देशका चार सहरमा वायु प्रदूषणको तह उच्च भएको छ । 

वातावरण विभागले आइतबार मध्यान्ह १२ बजेसम्म वायुको गुणस्तर मापकका आधारमा ती सहर अति अस्वस्थकरको सूची तयार पारेको छ ।

विभागका अनुसार काठमाडौंको रत्नपार्क, ललितपुरकको खुमलटार, कैलालीको धनगढी र धनुषाको जनकपुरमा वायु प्रदूषणको तह उच्च छ । तीमध्ये धनगढी सबैभन्दा धेरै प्रदूषित हुनुका साथै वायु अति अस्वस्थकर बनेको छ ।

काठमाडौंको रत्नपार्कमा सोही समयमा एक्यूआई १८२ र पीएम २.५ को मात्रा १०७.६ पुगेको छ । यस्तै, खुमलटारमा एक्यूआई १७७ र पीएम २.५ १०४.१  पुगेको विभागको तथ्यांक छ । धनगढीमा सो समय ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) २०३ पुगेको छ । त्यहाँको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १४८.४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ । त्यसैगरी,  जनकुपरमा एक्यूआई १६२ र पीएम २.५, ८५.८ विभागको रेकर्ड छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अति अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति घातक मानिन्छ । संगठनले पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ४ : ३५ बजे

बाजुराका स्थानीयको खुसी – गाउँमा फोरजी चल्दा दंग 

धनगढी – शहरमा बस्ने र सुविधा भोग गर्नेलाई पत्याउन गाह्रो पर्छ

सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता शुरु

सिन्धुपाल्चोक– आजदेखि पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष

ओलीले संसद् छलेर अध्यादेशको बाटो हिँड्दा कांग्रेस पिछलग्‍गु भयो : माधव सापकोटा (अन्तर्वार्ता)

काठमाडाैं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सहकारीको कर्जा परिचालनमा कडाइ गर्दै राष्ट्र बैंक

काठमाडौं– सरकारले अध्यादेशमार्फत सहकारी क्षेत्र व्यवस्थापनसम्बन्धी नयाँ कानुन जारी गरेसँगै

प्रधानमन्त्री कप क्रिकेट : एपीएफको शानदार सुरुवात

काठमाडौं– नेपाल एपीएफ क्लबले शानदार सुरुवात गरेको छ । नेपाल