सर्वोच्चको आदेशविपरीत ओलम्पिक कमिटीको निर्वाचन, कारबाहीको माग गर्दै खेलकुद संघ   « Khabarhub

सर्वोच्चको आदेशविपरीत ओलम्पिक कमिटीको निर्वाचन, कारबाहीको माग गर्दै खेलकुद संघ  


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल लोकतान्त्रिक खेलकुद संघले अदालतको फैसलालाई नै अपहेलित गर्ने गरी निर्वाचन गरेको भन्दै ओलम्पिक कमिटीलाई कडा कारबाही गर्न माग गरेको छ ।  

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले अदालतको आदेशको अवहेलना गर्ने कमिटी, निर्वाचनमा सहभागी हुने संघहरु र व्यक्तिहरूलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको हो ।

आफ्नो स्वार्थ पुरा गर्नका लागि कमिटीले निर्वाचन समेत नगरि बसेका संघलाई मान्यता दिई गरेको निर्वाचन कार्यको घोर भर्त्सना गरिएको संघले जनाएको छ । 

संघका महासचिव दीपक गुरुङले सर्वोच्च अदालतको निर्णयलाई अपहेलित गर्ने व्यक्ति, संघ र कमिटीलाई अदालतको अवहेलना मुद्दासहित कडा भन्दा कडा कारबाही गरी अदालतबाट भएको आदेश कार्यान्वयन गराउन सरकारसँग माग गरे ।

उनले लोकतान्त्रिक खेलकुद संघ विधिको शासनको विश्वास गर्ने संस्था भएकाले यस्ता गैर अवैधानिक कार्यको सदैव निन्दा र विरोध गर्ने जिकिर गरे  । 

सर्वोच्च अदालतले तत्कालका लागि ओलम्पिक कमिटीको निर्वाचन रोक्न अन्तरिम आदेश दिए पनि कमिटीले निर्वाचन गरेको थियो । यस्तै राष्ट्रिय खेलकुद परिषद् परिषद राखेपले पनि ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी बनेका २७ खेलकुद संघलाई स्पष्टीकरण सोधेको छ ।  अदालतको आदेश र सरकारको बारम्बारको निर्देशनलाई अवज्ञा गर्दै निर्वाचनमा सहभागी भएको भन्दै राखेपले ओलम्पिकमा आबद्ध २७ संघलाई स्पष्टीकरण सोधेको हो । 

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ४ : ५९ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९