जय ट्रफी : मधेश प्रदेश १०२ रनमा अलआउट, सन्दीपले लिए ५ विकेट | Khabarhub Khabarhub

जय ट्रफी : मधेश प्रदेश १०२ रनमा अलआउट, सन्दीपले लिए ५ विकेट


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा जारी ‘जय ट्रफी मेन्स एलिट कप’ क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको बागमती प्रदेशविरुद्धको खेलमा मधेश प्रदेशले आफ्नो पहिलो पालीमा १०२ रन बनाएर अलआउट भएको छ । मधेश प्रदेशको टोली ३५.३ ओभरमा अलआउट भएको हो ।

दुई दिवसीय प्रतियोगितामा मधेश प्रदेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । प्रतिकुल मौसमका कारण निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो सुरु भएको खेलमा मधेश प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न सकेनन् ।

कप्तान हरिशंकर साह चार रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले १८ बलमा एक चौका प्रहार गरे । अर्का ओपनर मयान यादवले भने टोलीको खातामा २१ रन थपे । उनले ३६ बलको सामना गर्दै एक छक्का र एक चौका प्रहार गरेका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान निरज यादवले १२ रन बनाए । उनले ३५ बलमा एक चौका प्रहार गरे । चौथो नम्बरमा क्रिज सम्हाल्न आएका साहिल पटेल ६ रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान हिमांशु दत्त पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् ।
रुपेश सिंह ६ रन बनाउँदै पेभेलियन फर्किए । सातौँ नम्बरमा क्रिजमा आएका विशाल पटेलले टोलीको खातामा १६ रन थपे । उनले ३० बलको सामना गरी एक छक्का र एक चौका हिर्काएका थिए ।

अभिषेक तिवारीले ११ रन बनाए । उनले ४० बलको सामना गरी दुई चौका प्रहार गरे । प्रदिप पासवान दुई रन बनाउँदै आउट भए । 

रञ्जित कुमार शून्य रनमै आउट भए । भुलावन साहनी दुई रनमा अविजित रहे । मधेश प्रदेशले अतिरिक्त रुपमा १२ रन पायो ।

बागमती प्रदेशका बलर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिएका छन् । टोलीका कप्तानसमेत रहेका सन्दीपले १४ ओभरमा दुई मेडन राख्दै ४१ रन खर्चिए । सूर्य तामाङले तीन विकेट हात पारे । उनले २.३ ओभरमा ७ रन खर्चिए । नन्दन यादव र प्रतिस जीसीले एक–एक विकेट लिए ।

जय ट्रफी आइतबारदेखि जनकपुरधाम र वीरगञ्जमा सुरु भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा चार वटा टोलीको सहभागिता रहेको छ ।

प्रतिकुल मौसमका कारण पहिलो दिनको दुवै खेलमा निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो । प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ । फाइनल खेल भने तीन दिवसीय हुनेछ ।

जय ट्रफीका खेलहरू प्रत्येक दिन ९० ओभरको हुनेछ । प्रतियोगिताको प्रारम्भिक चरणमा प्रत्येक पाली ६०–६० ओभरको हुनेछ । ब्याटिङ गर्ने टोलीले पुरै ६० ओभर ब्याटिङ गर्न वा आफूले चाहेमा बिचमै पाली समाप्तिको घोषणा गर्न सक्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ साह आफैले २०३७ सालमा ’जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो ।

वीरगन्ज र जनकपुरधाममा आइतबारदेखि सुरु भएको जय ट्रफीमा दुवै टोलीका खेलाडी सेतो रङको जर्सीमा देखा परेका छन् भने खेल रातो बलले खेलाइँदै छ । पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् ।

बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेश प्रदेश हरिशंकर साहको कप्तानीमा छ । त्रिभुवन आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् । प्रतियोगितामा ब्याटिङ र बलिङ गर्ने दुवै टोलीका लागि बोनस अंकको पनि व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ५ : ०५ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र