राष्ट्रपति भन्छन्- मानव सेवाभन्दा ठूलो अर्को धर्म छैन « Khabarhub

राष्ट्रपति भन्छन्- मानव सेवाभन्दा ठूलो अर्को धर्म छैन


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अर्को धर्म नभएको बताएका छन् । मानव सेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रममा राष्ट्रपति पौडेलले मानव सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रूपमा अपनाउनुपर्नेमा जोड दिए । 

मानवता र नैतिकतामा सङ्कुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने उनको भनाइ थियो । 

राष्ट्रपति पौडेलले मानव सेवा आश्रमले आफ्नो स्थापनाकालदेखि नै ‘जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने’ मानवता प्रवर्द्धन महाअभियानमार्फत सहयोगापेक्षी सडक आश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको बताए  । 

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत नेपाल सरकारले लिएको सडक मानवको उद्धार, संरक्षण र पुनः स्थापनामा संलग्न सङ्घसंस्थासँग समन्वय र सहकार्य गरी २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाइने नीतिलाई मानव सेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा तथा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित आफ्ना गतिविधि केन्द्रित गरेर कार्यान्वयनमा सहयोगी बनेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

त्यस अवसरमा तेस्रो मेचीकाली राष्ट्रिय उद्धार यात्र, २०८१ सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिनुका साथै यात्राका मुख्य अभियान्ता मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी र उपाध्यक्ष होमनाथ खतिवडालाई राष्ट्रपतिले सम्मान गरेका थिए  । आश्रमका अध्यक्ष अधिकारीले यात्राको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ५ : ३१ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी