मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक : प्रदेश प्रमुख भट्ट « Khabarhub

मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक : प्रदेश प्रमुख भट्ट


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि एकताबद्ध प्रयास आवश्यक हुने बताएका छन् । 

कोपिला नेपालद्वारा आयोजित ‘दक्षिण एसियामा आधुनिक दासत्व र मानव ओसारपसारकाविरुद्ध तीन दिवसीय क्षेत्रीय सम्मेलन’ को आज पोखरामा उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले मानव बेचबिखन तथा ओसारपसार एक गम्भीर सामाजिक तथा मानवताविरुद्धको विश्वव्यापी समस्या र नयाँ चुनौतीका रूपमा देखा परेको बताए ।

मानव बेचबिखन तथा ओसारपसारको समस्यामा बालिका र महिला बढी जोखिममा रहेका उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले यसलाई रोक्न सरकारी तथा गैरसरकारी क्षेत्रले सूचनामूलक कार्यक्रमहरू सञ्चालन गरी समाजलाई सुसूचित गराउनुपर्नेमा जोड दिए ।  

मानव बेचबिखन तथा ओसारपसारका कारण पीडित र प्रभावितलाई सम्मानपूर्ण जीवनयापन गर्न उपयुक्त वातावरण सिर्जना गर्न सरकार, नागरिक समाज र सबै सरोकार भएका निकायबीच हातेमालो गर्नुपर्नेमा प्रदेश प्रमुख भट्टले बताए । 

सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै बालबालिका तथा लैङ्गिक समानतासम्बन्धी नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्ने प्रदेश प्रमुख भट्टले बताए। 

सम्मेलनमा छिमेकी राष्ट्र भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत विभिन्न मुलुकमा सामाजिक तथा बालबालिकाका क्षेत्रमा कार्यरत अभियानकर्मीको सहभागिता छ । 

नेपालमा विसं १९८१ मा दासत्व उन्मुलन, विसं २०५८ मा कमैया श्रम निषेध ऐनमार्फत सबै प्रकारका दास प्रथाको अन्त्य र विसं २०६३ मा हलिया प्रथा अन्त्य र हरूवा चरूवा समुदायको मुक्ति घोषणा गरिएको थियो । 

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ५ : ३५ बजे

हर्मुजबारे इरान र कतारबीच तेहरानमा वार्ता

तेहरान- इरान र कतारका उच्च अधिकारीबीच रणनीतिक हर्मुज जलडमरूमध्यको अवस्था तथा

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका