स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य  गरेका छौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य  गरेका छौँ : उपप्रधानमन्त्री सिंह


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धरान– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले) र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी भए पनि सरकारको स्थायित्वका लागि सत्ता सहकार्य गरिएको बताएका छन् । 

कांग्रेस धरान उपमहानगर कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सहमतिअनुसार दुवै पार्टीले इमानदार भएर काम गरिरहेको बताएका छन् । 

‘विगतमा र आगामी निर्वाचनमा पनि कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई राम्ररी थाहा छ । अहिलेको परिस्थिति र आवश्यकताअनुसार अहिलेको सरकार बनेको हो । त्यसैले परिणाम दिने गरी सरकारले काम गरिरहेको छ । यसअघि पूरा हुन नसकेका योजना सम्पन्न गर्ने, आर्थिक र विकास निर्माणका काममा गति दिने गरी सरकार अगाडि बढेको छ’, उनले भने  ।  

कांग्रेस नेता सिंहले देश विकास र जनसेवालाई केन्द्रमा राखेर पार्टी नेता तथा कार्यकर्तालाई क्रियाशील हुन आग्रह गरे । 

कार्यक्रममा पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्मा, पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा, सुनसरी सभापति श्याम पोख्रेल, क्षेत्रीय सभापति सुजेन्द्र तामाङलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : २८ बजे

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका

प्रतिस्पर्धा हुनु लोकतान्त्रिक अभ्यास, महाधिवेशनपछि पार्टी एकढिक्का भएर अघि बढ्छ : शंकर पोखरेल 

काठमाडौं– नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एक

पर्यटकीयस्थल ‘तावा भञ्ज्याङ’लाई प्रवर्द्धनको खाँचो

भोजपुर– भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र

रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता

एजेन्सी– रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट 

काठमाडौं– नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८