क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप | Khabarhub Khabarhub

क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सानोठिमी क्याम्पसक प्रमुखको दौडमा रहेका एकजना प्राध्यापकलाई बौद्धिक चोरीको आरोप लागेको छ।

त्रिभुवन विश्वविद्यालयले मेरिटोक्रेसीमार्फत् क्याम्पस प्रमुख नियुक्तिका लागि अन्तिम सिफारिसमा परेका डा. पूर्णबहादुर लामिछानेलाई ‘बौद्धिक चोरी’को आरोप लागेको हो ।

लामिछानेले आफ्नो एक अनुसन्धानमूलक लेखमा एकजना विदेशी लेखकको नाममा प्रकाशित लेखबाट हुबहु सारेर बौद्धिक चोरी गरेको आरोप लागेको हो ।

त्रिवि उपकुलपति केशरजंग बरालले सानोठिमी क्याम्पस प्रमुख छनौटका लागि अल्पसूचीमा राखिएका अन्तिम ५ जनामध्ये लामिछानेको पनि नाम छ ।

अल्पसूची तयार पार्दा वरिष्ठ र विद्वान प्राध्यपक तथा सह-प्राध्यपकलाई वेवास्ता गरेको आरोप पनि लागेको छ। वरिष्ठलाई छाडेर अन्यलाई अल्पसूचीमा राखिनुले मेरिटोक्रेसी प्रणालीको धज्जी उडाएको प्राध्यापकहरूले बताइरहेका छन् ।

क्याम्पस प्रमुखको अल्पसूची प्रकाशन भएसँगै लामिछानेले ६ वर्षअघि सन् २०१८ मा गरेको बौद्धिक चोरीको कुरा बाहिरिएको हो ।

क्याम्पस प्रमुखका लागि प्रा.डा. विनोद लुइँटेल, सहप्राध्यापक दीनानाथ पण्डित, सहप्राध्यापक जगत पौडेल लगायत ११ जनाको आवेदन परेको थियो।

तर वरिष्ठ र अनुभवी प्राध्यापकलाई बेवास्ता गरेर कनिष्ट र बौद्धिक चोरी आरोप लागेका उपप्राध्यापकलाई अल्पसूचीमा छनोट गरिँदा त्रिविको मेरिटोक्रेसीमाथि प्रश्न उठेको एक प्राध्यापकले बताए ।

के हो प्रकरण ?

लामिछाने माथिसम्म बलियो राजनीतिक पहुँच भएका प्राध्यापकमा पर्छन् । उनी यसअघि १२ वर्षसम्म सानोठिमी क्याम्पसअन्तर्गत अंग्रेजी शिक्षा विषयको विभागीय प्रमुखा भइसकेका छन् । त्यसबेला वरिष्ठताको कुरा उठेको थियो ।

लामिछानेले ‘थर्ड आइ जर्नल (२०१८, भोल्युम १, नम्बर ३) को पृष्ठ १०८ देखि पृष्ठ ११७ सम्म ‘युज अफ प्रोभर्व एण्ड इट्स सग्निफिकेन्स’ शीर्षकमा लेख लेखेका थिए ।

उक्त लेखमा लामिछानेले जैदको लेखबाट हुबहु कपी गरेको भेटिएको छ। जैद टेक्नोलोजी योगयाकार्ता विश्वविद्यालय इन्डोनेसियामा कार्यरत छन् ।

जैदले सन् २०१६ मा इन्टरनेसनल जर्नल अन स्टडिज इन इङ्लिस ल्याङ्ग्वेज एन्ड लिटरेचर ( भोलुम ४ इस्यु १० अक्टोबर २०१६ पृ १-५) जर्नलमा लेख लेखेका थिए ।

‘युजिङ प्रोभर्व एज अ लिड इन एक्टिभिटी इन टिचिङ इङ्ग्लिस एज अ फरेन ल्याङ्ग्वेज’ शीर्षकको त्यही लेखबाट लामिछानेले सन्दर्भ सामाग्रीसमेत उल्लेख नगरी आफ्नो लेख तयार पारेका थिए । लामिछानेको लेख जैदको लेखबाट कयौँ स्थानमा हुबहु सारिएको भेटिएको हो ।

यसबारेमा खबरहबले लामिछानेसँग सम्पर्क गर्दा त्यसबारे आफूलाई पूरा जानकारी नभएको उल्लेख गरे । उनले भने, ‘मलाई त्यसबारे विस्तृत थाहा भएन, मैले जानकारी राखे जस्तो लागेन’, उनले भने, ‘खै ! त्यस्तो त नहुनुपर्ने हो ।’

सिफारिस

सानोठिमी क्याम्पस प्रमुखको अन्तर्वार्ता सोमबारका लागि तोकिएको छ । तर अंक धेरै भएकालाई समावेश नगरी बौद्धिक चोरीका आरोपीलाई अन्तिम सूचीमा राखेर अन्तर्वार्ता सहभागी गराउन लागिएको हो ।

बाहिर मेरिटोक्रेसी भनिए पनि सानोठिमी क्याम्पस प्रमुखका लागि माओवादीबाट दुईजना, कांग्रेसबाट एकजना र एमालेबाट दुईजनासहित पाँचजना प्राध्यापकको नाम अन्तिम सूचीमा राखिएको छ ।

अल्पसूचीमा रहेकामध्ये लामिछाने माओवादी समर्थित प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष पनि उनी हुन् । उनले इन्डोनेसियन लेखकको लेखको २४ प्रतिशत अंक कपी पेस्ट गरेको भेटिएको छ । त्रिविले १५ प्रतिशतभन्दा माथिलाई कपी पेस्टका रुपमा लिने गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ९ : ०० बजे

नेपाली राजदूतावास अबुधाबीद्वारा घुम्ती शिविर सञ्चालन

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय

भूकम्पपछि सगरमाथा क्षेत्र प्रवेश अस्थायी रुपमा बन्द

काठमाडौं- तिब्बतमा मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि विश्वको

ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सातदोबाटोस्थित एक कल

तिब्बतमा भूकम्प : उद्धारमा सबै शक्ति लगाउन राष्ट्रपति सीको निर्देशन

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली

तिब्बतमा भूकम्पबाट ढले कयौँ घर (तस्बिरहरू)

काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको भूकम्पबाट