माधव, विप्लव, प्रभु र धर्मेन्द्रसहितलाई माओवादीमा भित्र्याउने प्रचण्डको योजना « Khabarhub

माधव, विप्लव, प्रभु र धर्मेन्द्रसहितलाई माओवादीमा भित्र्याउने प्रचण्डको योजना


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले पार्टी बलियो बनाउन बृहत् वामपन्थी एकतलाई प्राथामिकता दिने योजना ल्याएको छ।

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सम्बोधनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), प्रभु साह नेतृत्वको आम जनता पार्टी र महिन्द्रा राय यादव नेतृत्वको नेपाल समाजवादीसँग एकताको पहल गरिने बताएका हुन् ।

‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प: आजको आवश्यकता’ शीर्षकको सांगठानिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले एकीकरणबारे लामो ब्रिफिङ गरेका हुन् ।

धुम्बाराहीस्थित एउटा पार्टी प्यालेसमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले भने यसबारे जानकारी दिएका हुन् ।

‘पार्टी एकता र बृहत् वामपन्थी एकीकरणको सन्दर्भमा अहिलेको मोर्चालाई सक्रिय गराउने कुरा भएको छ । त्यसका साथै वैज्ञानिक समाजवाद मान्नेसँग एकताको लागि पहल गर्ने कुरा अध्यक्षबाट आएको छ’, उनले भने, ‘त्यसका लागि विप्लव, नेकपा (बहुमत), एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, प्रभु साहको आमजनता पार्टीसँग पनि एकताको पहल गर्ने कुरा भएको छ ।’

अध्यक्ष प्रचण्डले ब्रिफिङका क्रममा देशैभरी माओवादीका लागि सकारात्मक ‘भाइब’ पैदा भएको बताएका थिए । उनले यथास्थितिबाट अगाडि बढ्नुपर्ने, जनतातिर फर्किनुपर्ने र अभियान चलाउन आवश्यक रहेको बताएको उपाध्यक्ष सापकोटाले जानकारी दिए ।

प्रचण्डले आगामी फागुन १ गतेदेखि एक महिना तराई–मधेश जागरण अभियान चलाउने बताएका छन् । उनले हुलाकी राजमार्गलाई आधारित बनाएर अर्को एक महिने अभियान चलाउन प्रस्ताव पनि गरेका सापकोटाले बताए । उनले अभियानमा अध्यक्षलगायत सबै पदाधिकारी सहभागी हुनुपर्ने बताएका थिए ।

प्रचण्डले सम्बोधनका क्रममा माओवादी केन्द्रीय समितिको आकार ठूलो भएकोमा चिन्ता जनाएका छन्। केन्द्रीय समिति बैठकमा ब्रिफिङका क्रममा उनले जम्बो पार्टी समिति अवसर र चुनौती दुवैका रुपमा देखा परेको पनि टिप्पणी गरेका छन् ।

‘हाम्रो विशाल केन्द्रीय समिति हाम्रा लागि चुनौती भएको छ । अर्कातिर यो समिति हामीलाई अवसर पनि बनेको छ ’, दाहालले ब्रिफिङका क्रममा भने ।

उनल‍े माओवादी अहिले इतिहासकै चुनौतीपूर्ण यात्रबाट गुज्रिएर सम्भावनाको ढोकातिर उभिएको पनि दाबी गरे । उनले अहिले बहुदलीय प्रतिस्पर्धाको अभ्यासमा रहँदा पार्टीको क्रान्तिकारी छवि जोगाइराख्ने चुनौती माओवादीसामु आइपरेको पनि बताएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ७ : १४ बजे

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

काठमाडौं– खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको

श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरू कसैले

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा