नेविसंघ अध्यक्ष शेर्पामाथि छानबिन र कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी « Khabarhub

नेविसंघ अध्यक्ष शेर्पामाथि छानबिन र कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पमाथि छानबिन गर्न माग गर्दै पार्टी केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । नेविसंघकी नेतृ प्रेमिका रानाको नेतृत्वमा शेर्पमाथि छानबिन गरि आवश्यक कारबाहीको मागसहित उजुरी परेको हो ।

सभापति शेर्पाले विभिन्न क्याम्पसमा केन्द्रीय प्रतिनिधि पठाउँदा वा सङ्गठनका विभिन्न संरचनाका जिम्मेवारी तोक्दा आर्थिक लेनदेन गरेको उनीहरुको अरोप छ । यस्तै जाजरकोटमा आएको भूकम्पबाट क्षतिग्रस्त नलगाड नगरपालिकामा विद्यालय पुनः निर्माणको हिसाब सार्वजनिक नगरेको तथा पैसा उठाएर हिनामिना गरेको समेत उनीहरुले आरोप लगाएका छन् ।

‘काठमाडौं उपत्यका भित्र रहेका निर्वाचित स्ववियू सभापतिहरूलाई केन्द्रीय कार्यालयको भाडा तिर्न रकम देऊ भन्दै दबाब दिने जस्ता अनैतिक गतिविधिले स्वर्णिम इतिहास बोकेको गरिमामय संस्था नेपाल विद्यार्थी सङ्घको साखलाई धमिल्याउन सङ्गठनको नेतृत्व नै लागिपरेको कुरा अवगत गराउँदछौ‚’ उजुरीमा लेखिएको छ ।

वैदेशिक भ्रमणका नाममा नेविसंघ केन्द्रीय सदस्यहरूबाट मोटो रकम असुली गरी गलत जानकारी दिएर ठगी गरेको समेत उजुरीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ७ : ५१ बजे

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको