लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यकः महामन्त्री शर्मा « Khabarhub

लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यकः महामन्त्री शर्मा


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नं १ ले आज मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलामा उनले कुनै पनि प्रधानमन्त्री लगातार पाँच वर्ष नटिक्ने अवस्था अन्त्यको विषय प्राथमिकतामा राखेर संवाद अगाडि बढाउनुपर्नेमा जोड दिए ।

“राणा शासनपछि कुनै पनि प्रधानमन्त्री पाँच वर्षसम्म टिकेनन्, यो समस्या समाधानका लागि लोकप्रिय मत ल्याउने दलको नेतालाई काम गर्न दिने गरी व्यवस्था गर्न सकिन्छ । कतिपयले मुलुकको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्थाको कुरा पनि गरिरहेका छन्, तत्काल नेपालमा त्यसको आवश्यकता छैन । संविधान संशोधन गर्दा पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्थाका लागि प्रस्ताव गर्दैन”, महामन्त्री शर्माले भने ।

त्यसको विकल्पमा लोकप्रिय र प्रत्यक्षतर्फ पहिलो हुने दलले छानेको नेतालाई पाँच वर्ष कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थाको सुनिश्चितता हुने गरी संविधान संशोधन उपयुक्त हुने उनको भनाइ थियो ।

“लोकिप्रय मतमा पहिलो हुने दल सत्तामा र दोस्रो हुने दल प्रमुख प्रतिपक्षमा हुने भनेर संविधानमै उल्लेख हुनुपर्छ । सत्तामा पुग्ने नेता वा प्रधानमन्त्रीले दुई वर्षमा विश्वासको मत लिने व्यवस्था पनि गर्न सकिन्छ”, महामन्त्री थापाले भने ।

यसैगरी उनले कांग्रेस र नेकपा (एमाले) संविधान संशोधन गर्न सहमत भएरै सत्ता समीकरण बनेको उल्लेख गर्दै दुवै दलले एउटा व्यक्ति कतिपटक राष्ट्रपति र प्रधानमन्त्री बन्ने भन्ने विषयमा पनि संविधानमै व्यवस्था गर्न छलफल प्रारम्भ गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ८ : २३ बजे

जमुनाह नाकाबाट १३ करोड ६१ लाखका सामान बरामद

नेपालगन्ज– बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा

साउने सोमबार : यस्तो छ उपवास बस्ने सही तरिका 

आज साउन महिनाको पहिलो सोमबार । हिन्दु महिलाहरू भगवान् शिवको

रुस-उत्तर कोरिया सम्बन्ध थप सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली विदेशमन्त्री चो सोन

प्रदेशको सत्ताका लागि केपी र गगन दुवैतिरको सम्पर्कमा प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सह-संयोजक माधव

उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता

एजेन्सी– उत्तरी भियतनाममा गत साता परेको भारी वर्षासँगै आएको आकस्मिक