सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा « Khabarhub

सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने बिरामीलाई रगत निःशुल्क उपलब्ध गराउन थालेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाह र सामाजिक विकासमन्त्री मेघराज खड्काले संयुक्त रुपमा आज धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक बिरामीलाई निःशुल्क रगत उपलब्ध गराई उक्त सेवाको शुभारम्भ गरे ।

सो अवसरमा मुख्यमन्त्री शाहले प्रदेश सरकारले लिएको नीति तथा कार्यक्रमबमोजिम निःशुल्क रगत उपलब्ध गराउने काम सुरु गरिएको बताए ।

सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लाका नौ सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई रगतको खाँचो भए निःशुल्क रुपमा उपलब्ध गराउने गरी काम अघि बढेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता गणेशबहादुर सिंहले बताए ।

उनले भने, “अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरिएको छ, रेडक्रसले लिने रगतको शुल्क प्रदेश सरकारले व्यहोेर्ने गरी अस्पतालका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइनेछ ।”

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १० : ०४ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक