पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे « Khabarhub

पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना, बौद्धिकता, सूचना र ज्ञानको विकास गर्ने बताएका छन् ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र ‘चाइना इन्टरनेसनल बुक ट्रेडिङ’द्वारा भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी समापन समारोहमा सभामुख घिमिरेले पठन संस्कृतिले ज्ञान आर्जन गर्ने भएकाले पुस्तक प्रदर्शनीमा सहयोग पु¥याउन सरकारलाई सुझाव दिए । उनले भने, “नेपाली समाज पछिल्लो समय पुस्तक पढ्ने संस्कृतिबाट टाढा हुँदै गएको छ, पठन संस्कृति ज्ञान आर्जन गर्ने स्वभाव, व्यवहार, प्रयत्न, संस्कार र संस्कृति हो ।”

पठन संस्कृतिबाट प्राप्त ज्ञानले समाज तथा देश बनाउने र मानव जातिलाई अग्रगतिमा लैजान योगदान पु¥याउने उल्लेख गर्दै सभामुख घिमिरेले नेपाली समाज, संस्कृति र सभ्यता पठनपाठन तथा संस्कृतिबाट अघि बढ्दै आएको सुनाए ।

सभामुख घिमिरेले भने, “राज्यको भूमिका नियन्त्रित छैन, निजी क्षेत्र भूमिअनुसार लगानी गर्दै आफैँ प्रतिस्पर्धामा आउन सक्छ, ज्ञान आर्जन गर्ने मेलामा सुविधा र सहुलियत उपलब्ध गराए सरकार आफैँ बलियो र अर्थतन्त्र सुदृढ हुन्छ ।”

प्रदेशसभा सदस्य रघुनाथ महर्जनले पुस्तक प्रदर्शनीले व्यवसायी, लगानीकर्ता, प्रकाशक र पाठक वर्गका बीचको अन्तरक्रियाबाट भविष्यमा कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने मार्गनिर्देश गरेको बताए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १० : २७ बजे

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको