कोरोना भाइरसको उद्गमबारे जानकारी दिन चीनलाई डब्लूएचओको आग्रह « Khabarhub

कोरोना भाइरसको उद्गमबारे जानकारी दिन चीनलाई डब्लूएचओको आग्रह


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको महामारी शुरु भएको ५ वर्ष बितिसकेको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको महामारीले पूरा विश्व नै प्रभावित बन्यो ।

तर, चीनले विश्व स्वास्थ्य संगठन डब्लूएचओलाई कोरोना भाइरसको उद्गमबारे महत्वपूर्ण सूचना अझै पनि दिएको छैन । डब्लूएचओले चीनसँग भाइरसको उद्गमबारे सूचना दिन फेरि आग्रह गरेको छ ।

डब्लूएचओले यस्तो सूचना दिन चीनलाई बारम्बार आग्रह गर्दै आएको छ । नैतिक र वैज्ञानिक रुपमा स्पष्ट हुनका लागि पनि चीनले यसको उद्गमबारे जानकारी दिनु जरुरी रहेको डब्लूएचओको भनाइ छ ।

डब्लूएचओले भविष्यमा महामारीबाट बच्नसमेत विश्वव्यापी पारदर्शीता र साझेदारीको आवश्यकता औँल्याएको छ । डब्लूएचओले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘कोभिड १९ को उद्गमबारे अझ स्पष्ट हुनका लागि हामी चीनलाई सूचना र पहुँच उपलब्ध गराउन फेरि पनि आग्रह गर्दछौँ ।’

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : १९ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ