ट्रम्पले नेतान्याहुसँग राखे गाजा नियन्त्रणको प्रस्ताव « Khabarhub

ट्रम्पले नेतान्याहुसँग राखे गाजा नियन्त्रणको प्रस्ताव


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले केही समयमा पत्रकार सम्मेलनको तयारी गरेका छन्। अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको भेटमा ट्रम्पले गाजालाई नियन्त्रणमा लिने प्रस्ताव गरेका छन्।

उनले गाजा नियन्त्रणमा लिएर नपड्किएका बमलाई निस्तेज पार्ने तथा पुननिर्माण गरेर बस्न लायक बनाउने प्रस्ताव गरेका छन्। यसका लागि गाजाका बासिन्दालाई अन्यत्र सार्ने प्रस्ताव पनि ट्रम्पको छ।

नेतान्याहुले भने इजरायलले जितसहित युद्धको अन्त्य गर्न चाहेको बताएका छन्। घरेलु राजनीतिमा समस्यामा परेको नेतान्याहुले गाजा युद्ध अल्पकालीन भएको तथा युद्धमा फर्कने इजरायलको अधिकार रहेको बताए।

राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नेतान्याहु एक आपसक्रा हितैषी मानिन्छन्। ट्रम्पको पहिलो कार्यकालमा नै जेरुसेलममा अमेरिकी दूतावास फेरि स्थापना गरेका थिए।

ट्रम्पले वार्ताको क्रममा दुई राज्यको चेपुवामा गाजालाई पार्न नहुने बताए। उनले इजरायल अहिलेसम्मकै नजिकको पाएको बताए।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ६ : ४४ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको