‘मिसेस ब्युटी क्विन’को ताज वर्षा कुँवरलाई   « Khabarhub

‘मिसेस ब्युटी क्विन’को ताज वर्षा कुँवरलाई  


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मिसेस ब्युटी क्विन नेपाल सिजन सातको ताज व्यवसायी वर्षा कुँवरले जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना सहभागीलाई पछि पार्दै कुँवरले ताज पहिरिएकी हुन् ।

बानेश्वरमा विभिन्न व्यवसाय गर्दै आएकी उनले मिसेज पपुलर तथा सम्बन्ध मिसेस पर्सनालिटीको उपाधि समेत प्राप्त गरिन् । उनले रेफ्रिजेरेटर, लेटमिइनको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर र डम डाइनामीकबाट २० हजार रुपैयाँ बराबरको गिफ्ट भौचरका साथै अन्य उपहारहरू प्राप्त गरिन् ।

प्रतियोगितामा करुणा बिक फष्ट रनरअप भइन् । उनले मष्ट ट्यालेन्टको  टाइटल अवार्ड पनि हात पार्न सफल भइन् । उनले ३२ इन्चको टेलिभिजन, लेटमिइनको तर्फबाट ३० हजारको गिफ्ट भौचर प्राप्त गरिन् ।

यसैगरी प्रतियोगितामा रिन्जु कुसवाह सेकेन्ड रनरअप भइन् । उनले फोटोजेनीकको पनि उपाधि जितिन्।

थर्ड रनरअप शिवानी मित्र र चौथो रनरअप उर्मिला कनौजिया मगीया भइन् । अर्गनाइजर च्वाइसको उपाधि भने अन्जु क्षेत्रीले जितेकी छिन् ।

प्रतियोगिताका अन्य विधामा अनिता देवी साहले फेन्ड्ली उपाधि जितिन् । यस्तै, सविता पन्त इनोसेन्ट, कान्छी माया खयमली क्रियटीभ, अम्विका गजमेर भियोर्स च्वाइस, भावना ऐडी ब्युटीफूल  स्माइल, रुकमती भण्डारी लिडरसिप, अरुना घिमिरे मिसेज इनरजेटीक र हिरादेवी श्रेष्ठले ब्युटीफूल  अवार्ड प्राप्त गरे ।

कार्यक्रमकी प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले प्रतियोगिताले विवाहित महिलाहरूको सौन्दर्य, आन्तरिक क्षमता, आत्मविश्वासका साथै महिलाहरूको नेतृत्वमा थप बल पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा वर्ड डिलर्स भारतकी प्रबन्ध निर्देशक डा. विनिता राजले मुख्य भूमिका निभाएकी थिइन् ।  

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : ०५ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको