संसारमा प्रभावशाली विद्रोही सैन्य सङ्गठन | Khabarhub Khabarhub

संसारमा प्रभावशाली विद्रोही सैन्य सङ्गठन


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बङ्गलादेशमा गत वर्ष सडक आन्दोलनले नै सत्ता परिवर्तन गरेको थियो। यसैगरी सिरियामा असार अल आसादको सत्तालाई विद्रोही सेनाले विस्थापित गरेको थियो। संयोग मान्नुपर्छ, निम्न वा मध्यम आय भएका संसारका धेरै देशमा विद्रोही सेनाको अस्तित्व अझै छ। यो सबै राजनीतिक विचारको नाममा भइरहेको छ। साम्प्रदायिक आस्थाका नाममा तथा जातीय सोचका कारण यी धेरै विद्रोही शक्ति अस्तित्वमा छन्।

यसरी अस्तित्वमा रहेका शक्ति मध्य प्रजातान्त्रिक गणतन्त्र कङ्गो पनि एक हो। यो त्यही देश हो, जहाँ रुवान्डाको सहयोगमा एम २३ नामको विद्रोही शक्तिले युद्ध गरिरहेको छ। सोही शक्तिले यस महिनाको सुरुवातमा नै पूर्वी सहर गोमालाई कब्जामा लिएको छ। सोही सहर कब्जामा लिने क्रममा ७७३ ज्यान समेत गएको छ। जनवरी यता सो स्थानमा ९ सय जनाको ज्यान गएको छ भने २८०० जना घाइते भएका छन्।

सोमबार नै सोही समूहले जनजीवन खराब भएको भन्दै युद्ध विरामको घोषणा गरिसकेको छ। त्यो युद्ध विरामका बारे राज्य पक्षले भने केही पनि भनेको छैन।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा सय भन्दा बढी समूह अहिले सक्रिय छन्। यसै मध्यको सबभन्दा प्रभावशाली एम २३ हो। उल्लेख्य मात्रमा खनिज पदार्थ रहेको पूर्वी भेगमा एम २३ सहित थुप्रै विद्रोही समूह सक्रिय छन्। संयुक्त राष्ट्र सङ्घीय विज्ञका अनुसार त्यहाँ रुवान्डाले चार हजार सेना पठाएर सहयोग गरेको छ।

रुवान्डाका राष्ट्रपति पाउल किगाम्लेले भने बारम्बार यसलाई अस्वीकार गरेका छन्। रुवान्डा र युगान्डासँग सीमा जोडिएको तीन देशको संयोग नै मानिएको स्थानको सो सैन्य समूहको शक्ति बढी छ। राष्ट्र सङ्घकै अनुसार जम्मा कुल आठ हजार सेना सो समूहमा छन्। सन् २००९ मा कङ्गोको नेसनल कङ्ग्रेस फर डिफेन्स अफ पिपुल र तुत्सीको बिचमा भएको सहमति असफल भएपछि यो समूहको स्थापना भएको जनाइन्छ। एम २३ को अर्थ मार्च मुभमेन्ट पनि हो।

यो समूहको मूल उद्देश्य कङ्गोमा तुत्सी लगायत अल्पसङ्ख्यक हुतुबाट जोगाउने हो। अहिले सो समूहको खनिजको केन्द्र मानिने किभु र रुबैयामा प्रभाव छ। गत वर्ष त्यस क्षेत्रमा ८ लाख अमेरिकी डलर खनिज उत्खनन गरिए बापतको कर नै उठाइएको थियो।

संसारका रहेका धेरै गैरसरकारी तथा विद्रोही सैन्य सङ्गठन मध्य सिरियाको हायात ताहिर अल साम्स (एचटिएस)नै हो। यसै शक्तिले सन् २०२४ को अन्त्यमा असार अल आसादको शासनलाई बर्खास्त गर्दै सत्ता हातमा लिएको थियो। त्यसै सैन्य शक्तिका प्रमुख मोहम्मद जलाउनी नै अहिले सिरियाका अन्तरिम सरकारका प्रमुख भएका छन्। विद्रोही सैन्य शक्तिले सफलता पाउँदै युद्धबाटै सत्ता हातमा लिएपछि संसारले यसलाई स्वीकार गरिसकेको छ।

अहिले सिरियामा सत्ता हातमा लिएको सो शक्तिको स्थापना सन् २०११ मा भएको थियो। जवात अल नुस्रोको नाममा सो शक्ति स्थापना भएको हो। तत्कालीन समयमा आइएसका नेता अबु बाकर अल बगादी समेत सो सैन्य शक्ति निर्माणमा लागि परेका थिए। सिरियामा आसाद वंशले ५० वर्षदेखिको शासनमा गर्दै आएको कुशासनको कारण हरेक दिन एचटिएसको शक्ति बढ्दै गएर अन्त्यमा सत्ता फ्याँक्न सफल भएको हो। सुरुवातमा धार्मिक अतिवादी सङ्गठनको रूपमा स्थापित एचटिएस सो परिचयसमेत मेटाएर राजनीतिक विद्रोही शक्तिको रूपमा आफलाई उभ्याउन सफल भएको हो।

रुवान्डामा रेपिड सपोर्ट फोर्सेस (आरएसएफ)ले अहिले युद्ध लडिरहेको छ। त्यसै समूहले अन्तर्राष्ट्रिय युद्ध कानुनको उल्लङ्घन गर्दै सुडानको अस्पतालमा प्रहार गरेको छ। यो घटना मङ्गलबार भएको हो। सोही आक्रमणका कारण ६ जनाको ज्यान जानुका साथै ३८ जना घाइते भएका छन्।

सो समूहले सन् २०२३ को मध्य अप्रिलबाट युद्ध सुरु गरिरहेको छ। सो युद्धमा २० हजार भन्दा बढीको ज्यान गएको तथा एक करोड ४० लाख भन्दा बढी विस्थापित भएको राष्ट्र सङ्घ र स्थानीय अधिकारी बताउँछन्। यद्यपि अमेरिकी विश्वविद्यालय अनुसार आरएसएफले गरेको युद्धमा एक लाख ३० हजार जनाको ज्यान गइसकेको छ।

सुडानका १३ मध्य १३ प्रान्तमा जारी सो युद्धका कारण खाद्यान्न अभावका कारण मात्र लाखौँ जनाको ज्यान जोखिममा परेको छ। राष्ट्र सङ्घ लगायत अन्तर्राष्ट्रिय समुदायको प्रयासमा बारम्बार युद्ध रोक्ने प्रयास भए पनि सफल भएको छैन।

अहिले सुडानमा सरकारी सेना र आरएसएफ दुवै तर्फबाट युद्ध अपराधका घटना भइरहेका छन्। सर्वसाधारणको हत्या र बलात्कार हुन थालेका छन्। अस्पताल समेत बाँकी रहेका छैनन्। सन् २०२३ को नोभेम्बर यता दक्षिण, पूर्वी, केन्द्र र पश्चिमी डाफरमा यस किसिमका घटना भइरहेका छन्।

अहिले त्यहाँबाट विस्थापित हुने सामान्य कृषि पेसामा संलग्न हुने एउटा खास समुदायका मानिस धेरै छन्। सन् २००३ देखि यता राज्य नियन्त्रित गैर अरबमाथि भएको ज्यादतीकै कारण सो समूह सक्रिय भएको जनाइन्छ। सुडानमा राज्यकै संरक्षणमा सन् २००३ मा सिमान्तकृतमाथि नरसंहार नै भएको जनाइन्छ।

अहिले आरएसएफले चाँद, लिबिया र दक्षिणी सुडानबाट हतियार पाएको जनाइन्छ। सुडानमा राष्ट्रिय सेनाकै सहयोगमा अर्को सशक्त गैर सरकारी सैन्य शक्ति पनि नभएको होइन। यी दुईले फरक किसिमको आदिवासीको वकालत गर्ने गरेका छन्।

राष्ट्र संघले त संयुक्त अरब इमिरेट्सले नै आरएसएफलाई हतियार पठाएको आरोप लगाएको छ। युएईका विदेशमन्त्रीले अलि जजिरालाई गरेको मेलमा यसलाई अस्वीकार गर्दै कुनै पनि युद्धमा साथ नदिएको आरोप लगाएका छन्।

यी केही उदाहरण हुन्। लेबनानमा रहेको हिजबुल्लाहको पनि गैर सरकारी सशक्त सैन्य समूह हो। यसले अरब हितका लागि भन्दै इजरायलको विरुद्धमा युद्ध लडेको हो। धार्मिक सम्प्रदायमा कठोर तथा सीमान्तकृतमाथि राज्यको ज्यादतीका कारण स्थापित सैन्य समूह अझ बढी खतरनाक भएको बारम्बार पुष्टि भइसकेको छ।
स्रोतः बिबिसी, सिएनएन, अजजजिरा, फ्रान्स २४

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ११ : ४१ बजे

पाथीभरामा केबलकारविरुद्ध आन्दोलित १४ जना बिनाशर्त रिहा, ताप्लेजुङका तीनजनाविरुद्ध मुद्दा

काठमाडौं– ताप्लेजुङको पाथीभरा-मुक्कुम्लुङमा बनाउन थालिएको केबलकारको विरोधमा उत्रिएर आन्दोलनित समूहका

युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो

एजेन्सी – अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले

भक्तपुर दरबार क्षेत्रमा बेलायती राजकुमार एडवार्ड (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार क्षेत्रको

सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाउँदै तनहुँ प्रहरी

दमौली– पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेपछि न्यूनीकरणका लागि जिल्ला

चितवन अदालत चितवनमा रवि, न्यायाधीश ढकालको इजलासमा बयान

चितवन- सहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका