सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटको गृहकार्य सुरु | Khabarhub Khabarhub

सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटको गृहकार्य सुरु


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटका विषयमा गठन भएको कार्यदलले आवश्यक गृहकार्य सुरु गरेको छ ।

खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठको संयोजकत्वमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव समेत रहने गरी गठित उक्त कार्यदलले कसरी खानेपानीको महसुल छुट गर्न सकिन्छ भन्ने विषयमा आवश्यक गृहकार्य अघि बढाएको खानेपानी मन्त्रालयले जनाएको छ ।

खानेपानीमन्त्री प्रदीप यादव तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईबीच केही हप्ता पहिले सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटको विषयमा सहकार्य गर्ने सहमति भएसँगै उक्त कार्यदल गठन गरिएको थियो ।

विद्यालयमा उपलब्ध हुने खानेपानी सेवाको दीर्घकालीन व्यवस्थापनका लागि उपयुक्त मोडेल तयार गर्न खानेपानी तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच सहमति भएपछि कार्यदलले गृहकार्य थालेको टोलीका संयोजक एवं सहसचिव श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘विद्यालयमा निःशुल्क रूपमा खानेपानी जडान, महसुल छुट तथा पानी वितरणको व्यवस्था मिलाउन मेरो संयोजकत्वमा कार्यदल गठन भएको थियो, कार्यदलले यस विषयमा आवश्यक गृहकार्य सुरु गरिसकेको छ ।’ कार्यदलले सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटको प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे जानकारी सङ्कलन गर्दै आवश्यक सुझाव लिइरहेको संयोजक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ११ : ५४ बजे

बयान फेरेपछि सरकारी साक्षीलाई लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौँ – भ्रष्टाचार मुद्दा अभियोजन क्रममा अदालतमा पेश गरिएका सरकारी

गोसाइँकुण्डमा गोताखोरको व्यवस्था गर्न माग

रसुवा– जनैपूर्णिमा पर्वका अवसरमा  पवित्र तीर्थ गोसाइँकुण्डको स्नान एवं पूजाआजा

पर्दा पछाडिका हिरो दिविज पिया : जसले खनेका थिए रवीन्द्रको ऐतिहासिक सफलताको जग

काठमाडौं– नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भारतको

नयाँ पुस्तामा नेवार संस्कृति हस्तान्तरण

दमौली– नेवाः तजिलजी पुच व्यास नगर समितिले नयाँ पुस्तालाई नेवार संस्कृतिका

पानी परेपछि किसानलाई राहत, रोपाइँ सुरु

सिरहा– लामो समय पानी नपर्दा चिन्तित किसान गएरातिको वर्षाले राहत महसुस