काठमाडौंमा इन्टर स्कुल राष्ट्रिय स्केट प्रतियोगिता हुँदै « Khabarhub

काठमाडौंमा इन्टर स्कुल राष्ट्रिय स्केट प्रतियोगिता हुँदै


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौमा ज्ञान संस्कार इन्टर स्कूल राष्ट्रिय स्केट प्रतियोगिता हुने भएको छ ।

आगामी माघ २६ गते हुने प्रतियोगितामा ४ देखि १६ वर्ष उमेरका २ सय बालबालिका सहभागी हुने ज्ञान संस्कार इन्टरनेशनल स्कुलकी प्रधानाध्यापक निलम बानियाँ बडूले बताइन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार प्रतियोगितामा सहभागी हुन सातै प्रदेशका विद्यालयहरूमा खबर गरिएको छ ।

नयाँ खेल भएकोले बालबालिकाले रुचाउने गरेका उनले बताइन् । ‘त्यसैले हामीले दोस्रो वर्ष पनि यो प्रतियोगिता आयोजना गरिरहेका छौँ’, बडूले भनिन्, ‘यो प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ ।’

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अन्तराष्ट्रियस्तर स्केटिङ प्रतियोगितामा सहभागी गराइने योजन आयोजकको छ । त्यहीकारण देशभरका धेरैभन्दा धेरै विद्यालयबाट सहभागिता रहने विश्वास पनि प्रधानाध्यापक बडूले गरिन् ।

स्कुलले राष्ट्रिय खेलकुद परिषद्‍मातहतको राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ संघसँगको संयुक्त आयोजनामा प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई ट्रफी, मेडल र प्रमाण पत्र उपलब्ध गराइने छ । प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सहभागिताको प्रमाण पत्र पनि दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताले विद्यालयस्तरमा हुने स्केटिङमा विशेष उत्साह थप्ने कुरामा आफूहरू विश्वस्त रहेको राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघका महासचिव सत्य थापाले बताए ।

युवामाझ लोकप्रिय बन्दै गरेको नेपाली स्केटिङ खेललाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन यस्ता प्रतियोगिता गरिरहेको पनि थापाले बताएका छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  २ : ४८ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज