कोशीका पूर्वमुख्यमन्त्री कार्की बोलाएर कोइराला समूहको विद्यार्थी भेला « Khabarhub

कोशीका पूर्वमुख्यमन्त्री कार्की बोलाएर कोइराला समूहको विद्यार्थी भेला


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालानिकट विद्यार्थीहरूले स्ववियु निर्वाचन विशेष उपत्यकास्तरीय भेला गरेका छन् ।

भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा कोइराला समूहबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरूले बुधबार आरआर क्याम्पसमा उपत्यका स्तरीय भेला गरेका हुन् ।

उक्त भेलामा नेविसंघका पूर्वअध्यक्ष रहिसकेका युवा नेताहरू गुरुाज घिमिरे र रञ्जित कर्ण, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की सहभागी थिए । 

नेविसंघमा कोइराला समूहको नेतृत्व गर्दै आएकी केन्द्रीय सदस्य प्रेमिका रानामगरको सभापतित्वमा आयोजित भेलामा उपत्यकाका विभिन्न विश्वविद्यालय र आंगिक क्याम्पसहरुका स्ववियु सभापतिहरूको पनि उपस्थिति रहेको केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए ।  

भट्टले अन्तरक्रियाका क्रममा भेलामा उपस्थित झण्डै २५ क्याम्पसका विद्यार्थी नेताहरूले प्रतिनिधिमुलक रुपमा आ–आफ्नो धारणा व्यक्त गरेको बताए । उनले भने, ‘हामीले चैत ५ गतेका लागि त्रिभुवन विश्वविद्यालयले तोकेको स्ववियु चुनावको तयारी सुरु गरेका छौँ । 

भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता घिमिरेले स्ववियुको स्थापनाका बेलाको कठिनाईं स्मरण गर्दै अहिले स्ववियुको भूमिका सही दिशामा अगाडि नबढेको बताए । उनले स्ववियु निर्वाचनमा नेविसंघले अरु सङ्गठनसँग चुनावी तालमेल नगरी निर्वाचनमा जानुपर्ने धारणा पनि व्यक्त गरे । 

क्याम्पस र विश्वविद्यालयमा लोकप्रिय विद्यार्थी नेताले दुःख गरेको आधारमा स्ववियु निर्वाचनको टिकट पाउनुपर्ने भन्दै घिमिरेले पार्टीका नेताको चाकडी गरेको भरमा टिकट दिने र अन्याय गर्ने प्रवृत्तिविरुद्ध उभिन निर्देशन पनि दिए । 

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले स्ववियु निर्वाचन समयमै हुनुपर्ने र संगठनभित्र दुःख गरेका र लोकप्रिय विद्यार्थी नेतालाई समूहका नाममा अन्याय गरिए आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए । ‘तपाईंहरू स्ववियु चुनावको तयारीमा जुट्नुस्,’ उनले भने, ‘साथीहरूको संरक्षण हामी गर्छौँ । अन्याय हुन दिँदैनौँ ।’

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ४ : ४७ बजे

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको