चितवन अदालतले रविलाई हिरासतमा पठायो | Khabarhub Khabarhub

चितवन अदालतले रविलाई हिरासतमा पठायो


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा पठाउन आदेश दिएको छ। 

बुधबार जिल्ला अदालत चितवनमा लामिछानेको मुद्दामा बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले हिरासतमा पठाउन आदेश दिएको हो।

थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए। 

सहारा सहकारीको ३८ करोड ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा लामिछानेसहित ३२ जनाविरूद्ध मंगलबार मुद्दा दायर भएको थियो।

उक्त सहकारीको बचत अपचलन प्रकरणमा ठगीको मुद्दा दर्ता भएपछि लामिछाने बुधबार नै अदालतमा हाजिर भएका थिए रविसहित उनका साझेदारविरुद्ध मंगलबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा लगेको थियो ।

अदालत हाजिर भएसँगै लामिछानको मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सुरु भएको थियो । बयान सकिएकाले अब बिहीबारदेखि थुनछेक बहस अघि बढ्ने छ ।

मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो ।

जसमध्ये १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ । अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ ।

बहस

लामिछानेविरुद्धसहित ३२ जनाविरुद्ध चितवन अदालतमा दायर भएको मुद्दामा सरकार पक्षबाट ७ जनाले बहस गर्ने भएका छन् ।

सरकार पक्षबाट चितवनका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सह–न्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदी, सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले सुनिता अधिकारी र शम्भु बर्तौलाले वकालतनामा दर्ता गराएका छन् ।

यस्तै रविको तर्फबाट बहसपैरवी तथा प्रतिरक्षा गर्न एक जना वरिष्ठ अधिवक्तासहित ६ जनाको वकालतनामा दर्ता गराएका छन् । जसमा वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू डा. नारायणदत्त कँडेल, चूडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले रहेका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

बुधबार पौने १२ बजेदेखि सुरु भएको लामिछानेको बयान दिउँसो साढे ३ बजे सकिएको थियो । अब बिहीबारदेखि थुनछेक बहस सुरु हुने सूचना अधिकारी विश्वकर्माले बताए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ५ : ५७ बजे

बाँदरको बन्ध्याकरण : प्रदेशैपिच्छे प्रजनन केन्द्रको प्रस्ताव

काठमाडौं – बाँदरले देशभरका अधिकांश स्थानमा निम्त्याएको आतङ्कसँगै नियन्त्रणका लागि

आजका समाचार : अध्यादेशको बचाउमा कांग्रेस, उपेन्द्र थाप्दै च्याँखे दाउ, रवि हिरासततिर र गाजाक्षेत्र खाली गर्ने ट्रप्पको प्रस्ताव

चिया निर्यातलाई सहज बनाउने प्रधानमन्त्रीको आश्वासन प्रधानमन्त्री केपी शर्मा ओलीले

पर्यटन सचिवलाई टान गण्डकीको १४ बुँदे ज्ञापनपत्र

पोखरा– ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले संस्कृति, पर्यटन

हुन्डी कारोबार गरेको आरोपमा पर्सामा एक जना पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आशंकामा एक जनालाई

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता माओवादी प्रवेश 

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ताहरू नेकपा माओवादी