सुदूरपश्चिममा विपद्‍का घटनाबाट ४० जनाको मृत्यु, ८ करोड बढीको क्षति « Khabarhub

सुदूरपश्चिममा विपद्‍का घटनाबाट ४० जनाको मृत्यु, ८ करोड बढीको क्षति


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्राकृतिक विपद्का घटनामा परि २७ जनाको मृत्यु भएको छ । भने ८ करोड ५२ लाख मूल्यको धनमाल नष्ट भएको छ । 

चालु आर्थिक वर्षको साउनदेखि माघ चौथो साता (मंगलबार २२ गते) सम्म प्राकृतिक विपद्का घटनाबाट आठ करोड ५२ लाख ४६ हजार मूल्यको धनमाल नष्ट भएको अनुमान गरिएको हो । 

यो अवधिमा पहिरोबाट ६ लाख २५ हजार मूल्यको धनमाल नष्ट भएको छ । पहिरोका ५३ घटना घटेका छन् । पाँच महिलासहित ६ जनाको मृत्यु भएको छ । पहिरोबाट १८ जना घाइते भएका छन् भने एक सय १७ परिवार प्रभावित बन्न पुगेका छन् ।

सुदूरपश्चिम प्रदेश आपत्कालिन कार्य सञ्चालक केन्द्रले संकलन गरेको विवरणमा उल्लेख भए अनुसार १४ वटा चट्याङका घटना घटेका छन् ।

यस्तै पहिरोबाट ४० पशुचौपायामा क्षति पुगेको छ । चट्याङबाट तीन पुरुष र २ महिलाको मृत्यु भएको छ । चट्याङबाट १० लाख ५० हजार मूल्यको धनमाल नष्ट भएको छ ।

आगलागीका ९९ घटना सुदूरपश्चिममा सात महिनाको अवधिमा ९९ वटा आगलागीका घटना भएका छन् । आगलागीबाट एक महिलाको मृत्यु भएको छ भने, आठ करोड १३ लाख ३६ हजार मूल्यको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश आपत्कालिन कार्य सञ्चालक केन्द्रले संकलन गरेको विवरणमा उल्लेख गरेको छ ।

हावाहुरीबाट ७ लाख, भारी वर्षाबाट १२ लाख ६० हजार, अन्य विपद्बाट २ लाख २५ हजार र जंगल आगलागीबाट ५० हजार मूल्यको क्षति भएको केन्द्रले जनाएको छ । विपद्का घटनाबाट सो अवधिसम्म ११ पुरुष र १६ महिला गरेर २७ जनाको मृत्यु भएको छ ।

एक वर्षमा ५४ पटक गएको भूकम्पमा परी २९ जना घाइते भएको सो विवरणमा उल्लेख छ । यस अवधिमा विपद्का विभिन्न घटनाबाट १ सय ४४ घर पूर्ण रूपमा क्षति भएका छन् । 

यस्तै, ८ सय २१ घर आंशिक क्षति भएका छन् भने ९६ गोठमा क्षति भएको छ । विपद्का कारण ४ सय ५४ पशु चौपाया मरेका छन् । एक वर्षको अवधिमा १२ करोड ७५ लाख ४२ हजार क्षति भएको अनुमान गरेको छ ।

यस्तै, २०८० साउन १ गतेदेखि २०८१ असार ३० गतेसम्मको विवरण हेर्दा बाढी र पहिरोमा परी सात जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परी १५ जना घाइते भएका छन् ।

सो अवधिमा जंगली जनावरको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् भने ४७ जना घाइते भएका छन् । यस्तै लेक लागेर एक जना र भूकम्पबाट एक जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : ०३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल