सुदूरपश्चिममा विपद्‍का घटनाबाट ४० जनाको मृत्यु, ८ करोड बढीको क्षति « Khabarhub

सुदूरपश्चिममा विपद्‍का घटनाबाट ४० जनाको मृत्यु, ८ करोड बढीको क्षति


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्राकृतिक विपद्का घटनामा परि २७ जनाको मृत्यु भएको छ । भने ८ करोड ५२ लाख मूल्यको धनमाल नष्ट भएको छ । 

चालु आर्थिक वर्षको साउनदेखि माघ चौथो साता (मंगलबार २२ गते) सम्म प्राकृतिक विपद्का घटनाबाट आठ करोड ५२ लाख ४६ हजार मूल्यको धनमाल नष्ट भएको अनुमान गरिएको हो । 

यो अवधिमा पहिरोबाट ६ लाख २५ हजार मूल्यको धनमाल नष्ट भएको छ । पहिरोका ५३ घटना घटेका छन् । पाँच महिलासहित ६ जनाको मृत्यु भएको छ । पहिरोबाट १८ जना घाइते भएका छन् भने एक सय १७ परिवार प्रभावित बन्न पुगेका छन् ।

सुदूरपश्चिम प्रदेश आपत्कालिन कार्य सञ्चालक केन्द्रले संकलन गरेको विवरणमा उल्लेख भए अनुसार १४ वटा चट्याङका घटना घटेका छन् ।

यस्तै पहिरोबाट ४० पशुचौपायामा क्षति पुगेको छ । चट्याङबाट तीन पुरुष र २ महिलाको मृत्यु भएको छ । चट्याङबाट १० लाख ५० हजार मूल्यको धनमाल नष्ट भएको छ ।

आगलागीका ९९ घटना सुदूरपश्चिममा सात महिनाको अवधिमा ९९ वटा आगलागीका घटना भएका छन् । आगलागीबाट एक महिलाको मृत्यु भएको छ भने, आठ करोड १३ लाख ३६ हजार मूल्यको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश आपत्कालिन कार्य सञ्चालक केन्द्रले संकलन गरेको विवरणमा उल्लेख गरेको छ ।

हावाहुरीबाट ७ लाख, भारी वर्षाबाट १२ लाख ६० हजार, अन्य विपद्बाट २ लाख २५ हजार र जंगल आगलागीबाट ५० हजार मूल्यको क्षति भएको केन्द्रले जनाएको छ । विपद्का घटनाबाट सो अवधिसम्म ११ पुरुष र १६ महिला गरेर २७ जनाको मृत्यु भएको छ ।

एक वर्षमा ५४ पटक गएको भूकम्पमा परी २९ जना घाइते भएको सो विवरणमा उल्लेख छ । यस अवधिमा विपद्का विभिन्न घटनाबाट १ सय ४४ घर पूर्ण रूपमा क्षति भएका छन् । 

यस्तै, ८ सय २१ घर आंशिक क्षति भएका छन् भने ९६ गोठमा क्षति भएको छ । विपद्का कारण ४ सय ५४ पशु चौपाया मरेका छन् । एक वर्षको अवधिमा १२ करोड ७५ लाख ४२ हजार क्षति भएको अनुमान गरेको छ ।

यस्तै, २०८० साउन १ गतेदेखि २०८१ असार ३० गतेसम्मको विवरण हेर्दा बाढी र पहिरोमा परी सात जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परी १५ जना घाइते भएका छन् ।

सो अवधिमा जंगली जनावरको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् भने ४७ जना घाइते भएका छन् । यस्तै लेक लागेर एक जना र भूकम्पबाट एक जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : ०३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल