५० हजार दक्ष भारतीय लैजाने विषयमा जापानसँग छलफल भइरहेको छ : राजदूत जर्ज « Khabarhub

५० हजार दक्ष भारतीय लैजाने विषयमा जापानसँग छलफल भइरहेको छ : राजदूत जर्ज


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५० हजार दक्ष भारतीय युवालाई जापान लैजाने विषयमा दुई मुलुकबीच छलफल भइरहेको जापानका लागि भारतीय राजदूत सिबी जर्जले बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा राजदूत जर्जले अबका केही वर्षभत्रि ५० हजार दक्ष भारतीय युवालाई लैजान जापान सकारात्मक रहेको जनाएका हुन् ।

उनले भारतमा रहेका जापानी कम्पनीको संख्या हाल १५ सय रहेकोमा त्यसलाई बढाएर १५ हजार पु-याउने लक्ष्य रहेको समेत उल्लेख गरे । एएनआईसँगको कुराकानीका क्रममा दुई मुलुकबीचको सम्बन्ध उत्कृष्ट रहेको बताउँदै उनले यस सम्बन्ध जनस्तरमा पनि विस्तार भइरहेको जानकारी दिए ।

उनले सुरक्षा र समृद्धिका लागि दुबै मुलुकको धारणा समान रहेको समेत टिप्पणी गरे । यसका साथै चाँडै जापानबाट भारतमा उच्चस्तरीय भ्रमण हुने सम्भावना रहेको जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  २ : १२ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने