अमेरिका-युक्रेन फेरि वार्ताको सम्भावना « Khabarhub

अमेरिका-युक्रेन फेरि वार्ताको सम्भावना

‘ब्याक च्यानल’ प्रयोग गर्दै ट्रम्प


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ताका लागि प्रयास थालेका छन्।

भनाभनको स्थिति बनेपछि शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको वार्ता बिथोलिएको थियो। अघिल्लो वार्तामा तनाव भएपछि ट्रम्पले फेरि जेलेन्स्कीसँग वार्ताका लागि प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन्।

जेलेन्स्कीसँगको वार्ताका लागि ट्रम्पले ‘ब्याक च्यानल’बाट प्रयास गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ।

स्थायित्वका लागि युक्रेनसँगको सम्बन्ध सुमधुर बनाउनु आवश्यक रहेको ठहर गर्दै राष्ट्रपति ट्रम्पको संसद्लाई सम्बोधन हुनु अगाडि नै सो प्रयास थालेका हुन्।

यसै प्रयासको परिणाम स्वरूप सोमबार युक्रेनी राष्ट्रपति जेलेन्सकीले सामाजिक सञ्जालमा शुक्रबार ओभलमा भएको घटना बिर्सन लायक भएको भन्दै लेखेका छन्। ट्रम्पले संसद्लाई सम्बोधन गरेपछि यसका लागि थप प्रयास हुने समाचारमा उल्लेख छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ७ : ५८ बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका