इलामका किसान बेसारखेतीमा आकर्षित « Khabarhub

इलामका किसान बेसारखेतीमा आकर्षित


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको रोङ गाउँपालिका– ४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय ५६ घरपरिवार आबद्ध छन् । तीमध्ये एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन् ।

सहकारीमा आबद्ध अन्य सदस्यका परिवारले आंशिक रूपमा विविध खेती गरिरहेका छन् । गत वर्ष गाउँपालिकाले बेसारखेती प्रवर्द्धन गर्न सहकारीमार्फत तालिमसँगै र अनुदान उपलब्ध गराएपछि यहाँका किसान चिया र बेसारखेतीमा आकर्षित भएका हुन् ।

बाँदरले दुःख दिएर खेती गर्न  मन नलागेका बेला रोङ– ४ किटेनीकी उर्मिला गुरुङलाई सहकारीले बेसारको बीउ अनुदान दिएपछि उनले बारीभरि बेसार लगाएकी छिन् ।

पहिले पहिले खानका लागि मात्र रोपिने बेसार व्यावसायिक खेती गर्न थालेपछि मनग्य आम्दानी हुन थालेको उनको भनाइ छ ।

सोही वडास्थित गैरीगाउँका हेम लाप्चा र रत्न लाप्चाले पनि जनही ४० केजी बेसार रोपेका थिए । मनग्य उत्पादन भएपछि उत्साहित उनीहरूले खेती विस्तार गर्ने योजना राखेका छन् ।

सहकारीले किसानलाई पायक पर्ने ठाउँ छानेर सङ्कलन केन्द्र तोकेको छ । त्यहाँबाट ३० प्रतिकिलोका दरले किसानले उत्पादन गरेको काँचो बेसार खरीद गर्ने गरिएको सहकारी संस्थाका व्यवस्थापक गणेश अर्यालले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : ४९ बजे

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित