कालीगण्डकी कोरिडोरको कालीपुलमा सडक कालोपत्र | Khabarhub Khabarhub

कालीगण्डकी कोरिडोरको कालीपुलमा सडक कालोपत्र


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका– ८ कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्र भएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गेसम्म पाँच सय मिटर दूरीमा अक्सफाल्ट प्रविधिको कालोपत्र गरेको बेनी नगरपालिका– ८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।

सडक कालोपत्र गर्न २०८१ भदौ १४ गते बेनीको सक्षम ब्रदर्श प्रालिले ९२ लाख ४१ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

माघ मसान्तमा ठेक्का सम्झौताको अवधि सकिएपछि फागुन १ गतेदेखि लागू हुने गरी कूल रकमको दैनिक ०.०५ प्रतिशतका दरले निर्माण कम्पनीलाई हर्जना तिराइएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले बताए ।

जनप्रतिनिधि र स्थानीयवासीको दबाब, सम्बद्ध निकायले जरिवाना तिराउन थालेपछि निर्माण व्यवसायीले सम्झौता गरेको पाँच महिना १३ दिनपछि फागुन १३ गतेदेखि कालोपत्र गर्न सुरु गरेका थिए । यसअघि विसं २०७६ चैतमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र उप्किएर खाल्डाखुल्डी पर्ने, पानी जम्ने र धुलो भएको थियो ।

कालोपत्र भएपछि चिल्लो बनेको कालीपुलको सडक आकर्षक देखिएको, धुलो र हिलोको समस्या हटेर सरसफाइमा सहयोग पुगेको छ ।

कम्तीमा ११ मिटर चौडाइका दरले कालोपत्र गर्ने क्रममा छुटेको ठाउँमा पनि कालोपत्र गराउन पहल गरिएको वडाध्यक्ष कर्माचार्यले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १२ : २२ बजे

स्याफ्रुबेँसी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग मर्मत सुरु

रसुवा– पाँच दिनदेखिको लगातार वर्षाका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको अन्तर्राष्ट्रिय

एमालेको नीति : घर फर्किनेलाई सामूहिक स्वागत नगर्ने, एक्ला-एक्लै भित्र्याउने

काठमाडौं- नेकपा एमालेले हिजोका दिनमा पार्टी छाडेकाहरूसँग सामूहिक संवाद नगर्ने

हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक सञ्चालन

बागमती- सडकमा माथिबाट खसेका ठूला ढुङ्गा पन्छाएपछि हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ

मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार 

किमाथाङ्का– सङ्खुवासभाको मकालु गाउँपालिका–२स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी

जिपीम्यानको नयाँ कार्यसमिति चयन

काठमाडौं– जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आइतबार