परराष्ट्रमन्त्री चैत पहिलो साता भारत जाँदै, मोदीसँगको भेटबारे अन्योल | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री चैत पहिलो साता भारत जाँदै, मोदीसँगको भेटबारे अन्योल

बिम्स्टेक सम्मेलनमा हुन सक्छ ओली-मोदी वार्ता


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आगामी चैत पहिलो साता भारत जाने भएकी छन् ।

उनी आगामी चैत ४ गतेदेखि चैत ६ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने रायसिना डायलगमा सहभागिता जनाउन जाने कार्यक्रम तय भएको हो ।

उनले त्यसक्रममा भारतीय विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्न सक्ने बताइएको छ । त्यसबेला उनले ‘सगरमाथा संवाद कार्यक्रम’को निम्तो पनि दिने भएकी छन् । त्यसका लागि समय मिलाउन कूटनीतिक पहल भइरहेको बताइएको छ।

यद्यपि परराष्ट्रमन्त्री देउवाका प्रेस सल्लाहकार एकराज पाठकले भारत जाने कार्यक्रम तय भए पनि उच्चस्तरीय भेटघाटको पुष्टि गरेनन् ।

‘मन्त्रीज्यू रायसिना डायलगमा सहभागी हुन नयाँ दिल्ली जाने कार्यक्रम तय भएको छ’, उनले भने, ‘तर राजनीतिक भेटघाटबारे अहिले कुनै टुंगो भएको छैन । प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटको पहल भइरहेको कुराको अहिले पुष्टि गर्न सकिँदैन ।’

यद्यपि परराष्ट्रमन्त्रीले नयाँदिल्लीस्थित नेपाली राजदूत डा शंकर शर्मामार्फत् मोदीसँग भेटका लागि पहल गरिरहेको पनि चर्चा चलेको छ। राजदूत शर्माले दुई नेताबीच भेटको वातावरण मिलाउन पहल गरिरहेको बताइए पनि यसको दुवै पक्षले पुष्टि गरेका छैनन्।

गत असार ३१ गते प्रधानमन्त्रीमा नियुक्त भएयता प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको न्युयोर्कमा भारतीय समकक्षीसँ संवाद गरेका थिए ।

ओली र भारतका प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा गत असोज ७ गते भेटवार्ता भएको थियो । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाका क्रममा न्यूयोर्क लोते प्यालेसमा साइडलाइन भेटवार्ता भएको थियो ।

त्यस भेटबाट पनि नेपाल-भारत सम्बन्धको चिसोपना नहटेको चर्चा छ । त्यहीकारण भारतीय प्रधानमन्त्री मोदीले अहिलेसम्म समकक्षी ओलीलाई निम्तो पठाएका छैनन् । यसअघि ३ भदौमा भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

भेटमा परराष्ट्रमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी थिइन् । तर न त मोदीले अहिलेसम्म निम्तो स्वीकारेका छन् न त ओलीलाई नै बोलाएका छन् । भारतले निम्तो नदिएपछि ओली गत मंसिर १७ देखि २० सम्म चीन भ्रमण गरेर बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेर आइसकेका छन् ।

ओलीको उक्त कदमले दक्षिणी छिमेकी झनै बिच्किएको कूटनीतिज्ञहरूले टिप्पणी गर्दै आएका छन् । ओलीसँगै चीनबाट फर्किएपछि परराष्ट्र मन्त्री देउवा युरोप यात्रामा गएका बेला भारत पुगेकी थिइन् ।

युरोप हुँदै गत ४ पुसमा दिल्ली आइपुगेकी परराष्ट्रमन्त्री देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी थिइन् । नयाँ दिल्लीमा पुस ५ मा आयोजित भारत-नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री डा. राणाले यस्तो बताएकी थिइन् ।

त्यसबेला पनि उनले भारतीय विदेशमन्त्री र प्रधानमन्त्रीलाई भेट्ने कोसिस नगरेकी होइनन् । तर बीआरआई फ्रेमवर्क सम्झौता अघि बढेपछि चिढिएको दिल्लीले उनलाई समय दिएन । त्यसपछि उनी खाली हात फर्किइन् । अब फेरि उनी चैत पहिलो साता दिल्ली यात्रामा निस्किन लागेकी हुन् ।

उनले त्यहाँ रहँदा आगामी अप्रिल २- ४ सम्म थाइल्याण्डको राजधानी बैंककमा हुने विम्स्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ताको वातावरणका लागि पनि लबिइङ गर्ने चर्चा छ । तर यसबारेमा नेपाल र भारत दुवै पक्षका अधिकारीहरूको औपचारिक धारणा आएको छैन ।

यसैबीच ११ फागुनमा द हिन्दुलाई दिएको अन्तर्वार्तामा मन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २०८२ को असार १५ (जुन २०२५) भित्र हुने बताइन। द हिन्दूसँगको कुराकानीमा परराष्ट्रमन्त्री राणाले असार १५ भित्र प्रधानमन्त्रीको भारत भ्रमण हुने आशा राखेको बताइन् ।

त्यसअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिमस्टेक बैठकमा ‘साइडलाइन’ वार्ता हुने उनले बताइन् । अप्रिलमा बैंककमा हुने बिम्स्टेक बैठकका दौरान प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आउने परराष्ट्रमन्त्री राणाले बताइन् ।

परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेपछि राणाले दुई पटक दिल्ली भ्रमण गरिन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भएको ढिलाएलाई दुई देशबीच तनाव नहटेको रुपमा ब्याख्या गरिएको छ । भारतबाट निम्तो नआएपछि प्रधानमन्त्री ओली आफ्नो पहिलो औपचारिक भ्रमण चीनबाट गरिसकेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १ : २६ बजे

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा

काठमाडौं – स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा भएका छन् ।

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई

छोराको हत्या अभियोगमा दम्पती पक्राउ

मकवानपुर – छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका

डिला संग्रौलाकाे प्रश्न : पत्रकार आचारसंहिताको मापन गर्ने क्षेत्राधिकार कसको हो ?

काठमाडौं – नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागकी संयोजक डा.