कुलमान हटाउने कोसिस चलिरहँदा माओवादी, रास्वपा र राप्रपाले घेरे सरकारलाई « Khabarhub

कुलमान हटाउने कोसिस चलिरहँदा माओवादी, रास्वपा र राप्रपाले घेरे सरकारलाई


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन कोसिस गरेको भन्दै प्रतिनिधि सभामार्फत् सरकारलाई घेरेका छन् ।

घिसिङलाई कार्यसम्पादन मूल्यांकनका नाममा ऊर्जामन्त्री दीपक खड्काले शून्य अंक दिएको विषय उनीहरूले संसद्मा उठाउँदै सरकारको आलोचना गरेका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको कदमको विरोध गर्दै कुलमानको स्पष्टीकरण र शून्य अंकबारे घेर्ने प्रयास गरेका हुन् ।

पाण्डेले भने, ‘जसले राम्रो काम गरेको छ । विद्युत् प्राधिकरणले राम्रो नाफा गरिरहेको छ, त्यसलाई शून्य अंक दिइएको छ। निरन्तर स्पष्टीकरण सोध्ने कुरा पनि आइरहेको छ, यो आपत्तिजनक छ ।‘

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पनि यो विषय संसद्मा उठाएर सरकारलाई घेरेका छन् । उनले एउटा कुलमानलाई राज्यले यसरी लखेटे हजारौँ कुलमान लिएर आउने चेतावनी दिए । उनले भने, ‘राज्यले राम्रो काम गर्ने मान्छेलाई लखेटिरहेको छ । यस्तै हो भने हामी हजारौँ कुलमान लिएर आउँछौँ ।’

राप्रपाकी सांसद बीना लामाले पनि कुलमानलाई हटाउने सरकरको कोसिसको संसद्मा विरोध गरिन् ।

उनले भनिन, ‘यो सरकार गठन भएदेखि नै कुलमानलाई हटाउने भनेर आतंक मच्चाइरहेको छ । यसको मुख्य उद्देश्य के हो ? राम्रो काम गर्नेले यही नियति भोग्नुपर्ने हो ? घिसिङले बुझाएको प्रतिवेदन नबुझ्ने अनि आफैँले अंक दिने यसको जवाफ माग्छु ।’

यस्तै राप्रपाबाटै सांसद ज्ञानेन्द्र शाहीले पनि कुलमानलाई हटाए सदन र सडकबाटै आन्दोलन गर्ने चेतावनी दिए ।

‘कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च यहाँ गरिदैछ र मन्त्रिपरिषद्बाट निर्णय हुँदैछ भन्न सुन्नमा आएको छ,’ शाहीले भने, ‘यदि, कुलमानलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको भन्ने ठानेर सडक र सदन दुईटैबाट आवाज उठ्छ ।’

यता सभामुखले कारबाहीबारे जानकारी गराउन संसद् बैठकबाट रुलिङ गरेका छन्।

उनले भने, ‘प्रतिपक्षीले राखेको विषय, अन्य माननीयहरूले शून्य, विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा ‍२०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु।’

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १ : ५४ बजे

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले