रास्वपाको टिप्पणी- प्रधानमन्त्री ओलीलाई लोकतन्त्र मनै पर्दैन « Khabarhub

रास्वपाको टिप्पणी- प्रधानमन्त्री ओलीलाई लोकतन्त्र मनै पर्दैन


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र मन नपर्ने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्रीलाई लोकतन्त्र मन नपर्ने टिप्पणी गरेका हुन् ।  

‘लोकतन्त्रको आधारभूत सिद्धान्त हो वाक स्वतन्त्रता । तर, यो लोकतान्त्रिक सरकारका प्रधानमन्त्रीलाई लोकतन्त्र मन पर्दैन,’ सांसद नेपालीले भने, ‘किनकी उहाँ र उहाँको दललाई प्रश्न मन पर्दैन ।’ 

सांसद नेपालीले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेको मन नपर्ने भएका कारण दुई जना पत्रकारको प्रेस पास निलम्बन गरिएको पनि बताए । 

‘प्रधानमन्त्रीज्यूलाई प्रश्न सोध्दा संसदीय व्यवस्थाको रिपोर्टिङ गर्ने दुई युवा पत्रकारको अनुमतिपत्र (प्रेस पास) खारेज गरिन्छ,’ उनले भने, ‘किनकी उहाँलाई प्रश्न मन पर्दैन ।’ 

सांसद नेपालीले केही दिनअघि दशरथ रंगशालामा सत्तारुढ नेकपा एमालेका कार्यकर्ताले दर्शक कुटेको भन्दै आपत्ति पनि जनाए ।  

‘केपी ओली कपमा हुटिङ गर्दा कार्यकर्ताले दर्शलाई पिट्छन् । खेद्छन् । यदि, केही गलत थियो भने कानुन छ, प्रहरी छन्,’ उनले भने, ‘ के कार्यकर्ताले पिट्ने नै उपाय हो रु पिटी रहेका छन्, किनकी एमालेलाई प्रश्न मन पर्दैन ।’

सांसद नेपालीले ओली नेतृत्वको सरकारलाई स्वतन्त्र नागरिक र निष्पक्ष पत्रकारिता पनि मन नपर्ने दाबी गरे ।  

‘कसैले टिभीमा अन्तर्वार्तामा प्रतिपक्षलाई अराजक भन्छ, कसैले जिब्रो थुत्ने कुरा गर्छ भने कसैले पेड मिडिया भन्छ,’ नेपालीले भने, ‘किनकी यो सरकारलाई स्वतन्त्र नागरिक र निष्पक्ष पत्रकारिता मन पर्दैन ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : ०८ बजे

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन