गुठीपीडितको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

गुठीपीडितको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रेखा शर्माले गुठी किसानको माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले गुठी किसानसँग वार्ता गरी यथाशीघ्र गुठी विधेयक ल्याउन सरकारसमक्ष माग गरिन् ।

‘विगत ३२ दिनदेखि सङ्घर्षरत मोही किसानको मागको सुनुवाइ हुन सकेको छैन’, सांसद शर्माले भनिन्, ‘सडकबाट किसानले उठाएको र सदनमा सांसदले ध्यानाकर्षण गराएको विषयलाई सरकारले गम्भीर रूपमा लिएर तत्काल समस्या समाधान गर्न अनुरोध गर्दछु ।’

गत माघ २० गतेदेखि स्वर्गद्वारी गुठी पीडित मोही किसान माइतीघर मण्डलामा धर्ना दिइरहेका बताउँदै उनले गुठी जग्गा रैकर गरी किसानलाई जग्गाधनी पुर्जा जारी गर्न माग गरिन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : २३ बजे

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक