गुठीपीडितको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

गुठीपीडितको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रेखा शर्माले गुठी किसानको माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले गुठी किसानसँग वार्ता गरी यथाशीघ्र गुठी विधेयक ल्याउन सरकारसमक्ष माग गरिन् ।

‘विगत ३२ दिनदेखि सङ्घर्षरत मोही किसानको मागको सुनुवाइ हुन सकेको छैन’, सांसद शर्माले भनिन्, ‘सडकबाट किसानले उठाएको र सदनमा सांसदले ध्यानाकर्षण गराएको विषयलाई सरकारले गम्भीर रूपमा लिएर तत्काल समस्या समाधान गर्न अनुरोध गर्दछु ।’

गत माघ २० गतेदेखि स्वर्गद्वारी गुठी पीडित मोही किसान माइतीघर मण्डलामा धर्ना दिइरहेका बताउँदै उनले गुठी जग्गा रैकर गरी किसानलाई जग्गाधनी पुर्जा जारी गर्न माग गरिन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : २३ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा